शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखमा निर्वाचित भएपछि देवराज घिमिरे, तस्बिरमा हेर्नुहोस्

बिहीबार, ०५ माघ २०७९, १६ : ५९
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । प्रतिनिधिसभाले सभामुखमा एमालेका देवराज घिमिरेलाई चयन गरेको छ । प्रतिनिधिसभाको बिहीबार बैठकमा मतविभाजनको आधारमा उनी सभामुखमा चयन भएका हुन् ।  सभामुखमा सत्तारुढ दलको तर्फबाट घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका थिए । घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत  र विपक्षमा १०० मात्र मत र मत दिन्न भन्नेमा १ मत परेको छ ।

बैठकमा २६८ सांसद उपस्थित भएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।  १६७ मत पाएसँगै घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । सभामुखमा निर्वाचित भएपछि उनलाई बैठक कक्षमै विभिन्न दलका सांसदहरुले बधाई तथा शुभकामना दिएका थिए । 

devraj (2)devraj (3)devraj (4)devraj (5)devraj (6)devraj (7)devraj (9)devraj (10)devraj (11)devraj (12)devraj (13)devraj (14)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप