प्रबन्धभित्र बाँधिनुलाई पिँजडा ठान्नु ‘अशुभ’ हो : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने तर एमालेका उम्मेदवारका हकमात्रै बताए । नेकपा एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाउँछ । त्यसैमा राष्ट्रिय सहमति हुनुपर्छ हाम्रो सहमति पनि त्यहीं हो’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ ।
एमालेले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउँछ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले हाँस्दै भने, ‘पछि भनौंला ।’ ढोक्साको जवाफमा पिँजडा आएको छ नि ? भन्ने प्रश्नमा ओलीले मानव समाजमा विभिन्न अदृश्य बन्धनहरु हुने भन्दै तिनै बन्धनबाट चल्दै आएको बताए । त्यसकारण फुक्काफाल मन पराउने, जसो गरेपनि हुने, कार्यकारीमा भोट दिन मिल्ने, छानिछानि भोट दिन मिल्ने, सरकारको समर्थन गर्ने सरकारको हिस्सेदारको विरोध गर्ने यस खालका कुरा भइरहने ओलीले बताए । उनले संयन्त्र बनेकोमा पनि विरोध गरेको सुनिएको भन्दै कांग्रेसले नै संयन्त्रको सुरुवात गरेको दावी गरे ।
‘नेपाली कांग्रेसले रामचन्द्र पौडेलको नेतृत्वमा संयन्त्र बनाएर नयाँ प्रचलन सुरु गर्यो । मैले पहिला चाहिँदैन, पर्दैन भनेको हो । तर नेपाली कांग्रेसले गत सरकारको पालमा संयन्त्र बनाएर एउटा अभ्यास सुरु गर्यो’, ओलीले भने, ‘अब त्यो अभ्यास प्रचलनमा आइसक्यो । वेलगाम चल्ने कुरा थितिमा नबाँधिने कुरा, विधिमा नबाँधिने कुरा, प्रणालीका प्रबन्धभित्र नबस्ने कुरा र प्रवन्धभित्र बाधिनुलाई पिँजडा ठान्ने कुरा ‘अशुभ’ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण