शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

फुटबल चलिरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरेपछि पाइलटमाथि हातपात

बिहीबार, ०५ माघ २०७९, २० : ०४
बिहीबार, ०५ माघ २०७९

स्याङ्जा । फुटबल खेल चलिरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरिएपछि स्याङ्जामा पाइलटमाथि हातपात भएको छ । बिहीबार दिउँसो पोखराबाट साइटसिनका लागि भन्दै स्याङ्जा पुगेको प्रभु एयरको हेलिकप्टर वालिङ नगरपालिकास्थित फुटबल चलिरहेको मैदानमा अवतरण भएपछि चालकमाथि हातपात भएको हो । 

दिउँसो २ बजेर ३५ मिनेटमा हेलिकप्टर अवतरण भएसँगै त्यहाँ उपस्थित केही व्यक्तिले किन खेल भइरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गराएको भन्दै पाइलट रानेश डंगोलमाथि हातपात गरेको प्रहरीले जनाएको छ । 

पाइलटमाथि हातपात भएपछि ५ मिनेटमै हेलिकप्टर त्यहाँबाट पोखरा फर्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार हेलिकप्टर वालिङकै विनोद गैरे, खिमबहादुर थापालगायतले चार्टर गरेका थिए । उनीहरुले त्यहाँ हेलिकप्टर अवतरण गर्न लगाएको बताइएको छ । 

वालिङ गोल्डकपको सेमिफाइलको खेल भइरहेको स्थानमा हेलिकप्टर अवतरण भएपछि होहल्ला समेत भएको थियो । स्थानीयका अनुसार त्यहाँ एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच सेमिफाइनल भइरहेको थियो ।  

डिएसपी रवीन्द्र खनालले घटनाबारे अनुसन्धान भइरहेको भन्दै यसबारे अहिलेसम्म कोहीपनि पक्राउ भने नपरेको जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप