फुटबल चलिरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरेपछि पाइलटमाथि हातपात
स्याङ्जा । फुटबल खेल चलिरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरिएपछि स्याङ्जामा पाइलटमाथि हातपात भएको छ । बिहीबार दिउँसो पोखराबाट साइटसिनका लागि भन्दै स्याङ्जा पुगेको प्रभु एयरको हेलिकप्टर वालिङ नगरपालिकास्थित फुटबल चलिरहेको मैदानमा अवतरण भएपछि चालकमाथि हातपात भएको हो ।
दिउँसो २ बजेर ३५ मिनेटमा हेलिकप्टर अवतरण भएसँगै त्यहाँ उपस्थित केही व्यक्तिले किन खेल भइरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गराएको भन्दै पाइलट रानेश डंगोलमाथि हातपात गरेको प्रहरीले जनाएको छ ।
पाइलटमाथि हातपात भएपछि ५ मिनेटमै हेलिकप्टर त्यहाँबाट पोखरा फर्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार हेलिकप्टर वालिङकै विनोद गैरे, खिमबहादुर थापालगायतले चार्टर गरेका थिए । उनीहरुले त्यहाँ हेलिकप्टर अवतरण गर्न लगाएको बताइएको छ ।
वालिङ गोल्डकपको सेमिफाइलको खेल भइरहेको स्थानमा हेलिकप्टर अवतरण भएपछि होहल्ला समेत भएको थियो । स्थानीयका अनुसार त्यहाँ एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच सेमिफाइनल भइरहेको थियो ।
डिएसपी रवीन्द्र खनालले घटनाबारे अनुसन्धान भइरहेको भन्दै यसबारे अहिलेसम्म कोहीपनि पक्राउ भने नपरेको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण