दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा टल्किने स्टिकर
शुक्रबार, ०६ माघ २०७९, ०७ : ४३
रातिको समयमा हुने सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि सिराहामा ट्राफिक प्रहरीले उखु बोकेका ट्र्याक्टरको ट्रलीमा टल्किने सावधानी स्टिकर टाँस्न थालेको छ ।
ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत उक्त अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले बताए । “ट्र्याक्टरको ट्रलीमा बत्तीको व्यवस्था नहुँदा राति दुर्घटनाको जोखिम बढी हुन्छ । त्यसैले ट्रलीमा टल्किने स्टिकर (रिफ्लेक्टिभ) टाँस्न थालेका छौँ”, उनले भने ।
चिसोमा बाक्लो हुस्सुका कारण प्रायः रातिको समयमा सवारीसाधन चलाउन कठिनाइ हुने गरेको गुनासो आएपछि ट्राफिक प्रहरीले सो अभियान थालेको हो । अभियानबाट दुर्घटनामा कमी आउने श्रेष्ठ बत्ताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण