शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा टल्किने स्टिकर

शुक्रबार, ०६ माघ २०७९, ०७ : ४३
शुक्रबार, ०६ माघ २०७९

रातिको समयमा हुने सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि सिराहामा ट्राफिक प्रहरीले उखु बोकेका ट्र्याक्टरको ट्रलीमा टल्किने सावधानी स्टिकर टाँस्न थालेको छ ।

ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत उक्त अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले बताए । “ट्र्याक्टरको ट्रलीमा बत्तीको व्यवस्था नहुँदा राति दुर्घटनाको जोखिम बढी हुन्छ । त्यसैले ट्रलीमा टल्किने स्टिकर (रिफ्लेक्टिभ) टाँस्न थालेका छौँ”, उनले भने ।

चिसोमा बाक्लो हुस्सुका कारण प्रायः रातिको समयमा सवारीसाधन चलाउन कठिनाइ हुने गरेको गुनासो आएपछि ट्राफिक प्रहरीले सो अभियान थालेको हो । अभियानबाट दुर्घटनामा कमी आउने श्रेष्ठ बत्ताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप