शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

सिँजा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग

शुक्रबार, ०६ माघ २०७९, १६ : १४
शुक्रबार, ०६ माघ २०७९

जुम्ला । जुम्लाको सिँजा गाउँपालिकाले सिँजा क्षेत्रमा नापी र मालपोत कार्यालय स्थापना गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको पर्वपक्षीय र सर्वदलीय बैठकले तीनवटा स्थानीय तहका लागि सिँजा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेको हो । तत्कालीन ३० वटा गाविसका लागि सदरमुकाम खलंगामा नापी र मालपोत कार्यालय राखिएको थियो । ती कार्यालय स्थानीयलाई पायक पर्ने स्थानमा नभएकाले सिँजा क्षेत्रमा कार्यालय बनाउन माग गरिएको हो । उक्त कार्यालय उकालो डाँडामा छ ।

बढी जग्गा ज्येष्ठ नागरिककै नाममा हुने गरेको छ ।  सवारीसाधनको व्यवस्था पनि नभएकाले ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई जग्गाको कारोबार गर्न समस्या छ।जिल्लामा रहेका कार्यालयहरू संघीय संरचनाअनुसार स्थानीय तहमा विकेन्द्रीकरण हुनुपर्ने उनीहरुको माग छ । अधिकांश सरकारी कार्यालयहरू स्थानीय तहमा पुगे पनि मालपोत र नापी कार्यालय विकेन्द्रीकरण हुन सकेका छैनन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सिँजा क्षेत्रमा नापी र मालपोत माग गरिए पनि अर्थ मन्त्रालयका कारण काम रोकिएको सिँजा गाउँपालिकाका  प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष तीर्थ वडले  बताए । अर्थ मन्त्रालयको निर्णयले सिँजामा मालपोत र नापी कार्यालय स्थापना गर्न बाधा पुर्‍याएको उनको भनाइ छ । उनले भने, ‘हामीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग माग गरेका थियौँ।उक्त माग फाइल अर्थ मन्त्रालयमा पुगेको छ ।’

अर्थले पुस २० गते नापी र मालपोत कार्यालयको अवस्था, वार्षिक बजेट तथा कार्यक्रमका विषयमा दूरदृष्टिसहितको सर्वेक्षणका लागि गृहकार्य गर्न उपयुक्त हुने निर्णय गरेको उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?