शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कालापानी–लिपुलेक–लिम्पियाधुरा यात्रामा निस्किए जेनजी अभियन्ता

शुक्रबार, १९ असार २०८३, १४ : ५८
शुक्रबार, १९ असार २०८३

सारांश

  • राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू कालापानी, लिपुलेक र लिम्पियाधुरातर्फ यात्रामा निस्किएका छन्।
  • अभियानले विवादित क्षेत्रको स्थलगत अवलोकन गर्ने, स्थानीयसँग अन्तरक्रिया गर्ने तथा राष्ट्रिय झण्डा फहराउने कार्यक्रमसमेत रहेको जनाएको छ।
  • अभियन्ताहरूले 'देशभन्दा माथि केही हुँदैन, छिमेकी देशको हस्तक्षेप स्वीकार्य छैन, हामी नवयुवाहरू प्रतिकार गर्छौँ' भन्ने सन्देश प्रवाह गर्ने बताएका छन्।

काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू कालापानी, लिपुलेक र लिम्पियाधुरातर्फ यात्रामा निस्किएका छन्। अभियानका संयोजक सुनिल सिंह, सहसंयोजक अजय सोडारी, सचिव प्रकाश बम तथा सीमासम्बन्धी चलचित्र निर्माता नवल खड्का यात्रामा सहभागी छन्।

सहसंयोजक अजय सोडारीका अभियानले यसअघि काठमाडौँमा सीमासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको थियो। 

अहिले भने विवादित सीमाक्षेत्रमै पुगेर कालापानी, लिपुलेक र लिम्पियाधुराको वर्तमान अवस्था बुझ्ने उद्देश्यले यात्रा सुरु गरिएको उनले शुक्रबार जानकारी दिए । 

अभियानले विवादित क्षेत्रको स्थलगत अवलोकन गर्ने, स्थानीयसँग अन्तरक्रिया गर्ने तथा आफूहरूले नेपाली भूमि ठानेको भारतीय नियन्त्रणमा रहेको क्षेत्रमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रमसमेत रहेको जनाएको छ।

अभियन्ताहरूले “देशभन्दा माथि केही हुँदैन, छिमेकी देशको हस्तक्षेप स्वीकार्य छैन, हामी नवयुवाहरू प्रतिकार गर्छौँ” भन्ने सन्देश प्रवाह गर्ने पनि बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?