जुम्लामा महिला प्रमुख प्रशासकीय अधिकृत
जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा महिलाले जिम्मेवारी सम्हालेकी छन्। जुम्लाको स्थानीय तहमा पहिलोपल्ट महिला प्रमुख प्रशासकीय अधिकृतको रूपमा देवकी रावतले जिम्मेवारी सम्हालेकी हुन् ।
जुम्लामा १ चन्दननाथ नगरपालिकासहित ७ गाउँपालिका छन्। जसमध्ये देवकी जुम्लाका स्थानीय तहमै पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत बनेकी हुन्।
रावत यसअघि जुम्लाको प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको रूपमा कार्यरत थिइन्। देवकी रावतलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ९४० बमोजिम अतिरिक्त समूहमा दरबन्दी कायम रहने गरी कार्यक्षेत्रमा खटाएको हो ।
स्थानीय तहको अनुभव नभएपनि ऐन कानुनको परिधिभित्र रहेर गाउँपालिकामा सुशासन कायम गर्दै विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने अधिकृत रावतले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाँजा खेतीलाई वैधानिकता दिन सांसद सापकोटाको माग
-
कर्णालीमा सत्तारुढ दलकै सांसदले स्वकीयको तलब माग गर्दै संसद् अवरोध गरेपछि...
-
प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी
-
नेप्से सामान्य अङ्कले घट्यो, कारोबार रकम बढ्यो
-
राजपुरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
१ अर्ब रुपैयाँ बराबरको बजेट संशोधन गर्ने प्रतिबद्धता, साउन मसान्तभित्र त्रुटि सच्याइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण