शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाँजा खेतीलाई वैधानिकता दिन सांसद सापकोटाको माग

शुक्रबार, १९ असार २०८३, १५ : ५०
शुक्रबार, १९ असार २०८३

सारांश

  • नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गाँजा खेतीलाई कानुनी मान्यता दिन सरकारसँग माग गरेकी छन्।
  • उनले गाँजा खेतीको व्यावसायिक र औद्योगिक उपयोगबाट देशको अर्थतन्त्रमा ठुलो सुधार ल्याउन सकिने बताइन्।
  • सांसद सापकोटाले गण्डकी प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी नीति ल्याएकोमा प्रशंसा गर्दै सङ्घीय सरकारले पनि यसलाई प्राथमिकतामा राखेर कानुनी बाधा अड्चन फुकाउनुपर्ने माग गरिन्।

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गाँजा खेतीलाई कानुनी मान्यता दिन सरकारसँग माग गरेकी छन्। 

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले गाँजा खेतीको व्यावसायिक र औद्योगिक उपयोगबाट देशको अर्थतन्त्रमा ठुलो सुधार ल्याउन सकिने बताइन्। 

सांसद सापकोटाले विगत तीन वर्षदेखि आफूले यो मुद्दा उठाउँदै आएको स्मरण गराउँदै गाँजाको औषधीय र औद्योगिक महत्त्वलाई ध्यान दिनुपर्ने बताइन्।

‘गाँजा खेती र यसको व्यवस्थापनलाई मनोरञ्जनको पाटोबाट मात्र नहेरी यसबाट उत्पादन हुने तेल, कपडा र औषधीजन्य उद्योग सञ्चालन गर्न सके लाखौँ युवाहरूलाई स्वदेशमै रोजगारी दिन सकिन्छ,’ सापकोटाले भनिन्। 

सांसद सापकोटाले गण्डकी प्रदेश सरकारले आगामी वर्षको बजेटमा गाँजा खेतीसम्बन्धी अनुसन्धान र आय–आर्जनका लागि उत्पादन र मूल्य शृङ्खला विकास गर्ने नीति ल्याएकोमा प्रशंसा गरिन्।

सङ्घीय सरकारले पनि यसलाई प्राथमिकतामा राखेर तत्काल कानुनी बाधा अड्चन फुकाउनुपर्ने उनको माग थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप