नेप्से सामान्य अङ्कले घट्यो, कारोबार रकम बढ्यो
सारांश
- साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले घटेर २ हजार ६५३.४० विन्दुमा झरेको छ।
- आज ३४५ कम्पनीको ८५ लाख ८४ हजार कित्ता शेयर ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
- नेप्से घटे पनि कारोबार रकम भने वृद्धि भएको छ, जसमा सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क घटेर बन्द भएको छ। बुधवार र बिहीबारका दुई कारोबार दिन नेप्से बढेर बन्द भए पनि सामान्य अङ्कले घटेको छ ।
शुक्रबार नेप्से परिसूचक ८.३० अङ्क घटेर २ हजार ६५३.४० विन्दुमा झरेको छ । आज कारोबारमा आएका ३४५ कम्पनीको ८५ लाख ८४ हजार कित्ता शेयर ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
नेप्से घटे पनि कारोबार रकम भने वृद्धि भएको छ । बिहीबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । जसमा वित्त उपसमूहको परिसूचक१.०६ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, जलविद्युत, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ ।
नेप्से सामान्य अङ्कले घटे पनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।जसमा सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको भने सेयर मूल्य १३.६५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा एग्रीकल्चरल बण्डको ४३ करोड रुपैयाँ बराबरको सो बण्ड किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैतडी बस दुर्घटना अपडेट : चालकसहित १७ जना घाइते, दुई जनाको अवस्था गम्भीर
-
ग्लोबल आइएमई बैंकको एआई/एमएल ह्याकाथन सुरु
-
कर्णाली सरकारले ल्याएको ३५ अर्ब ३९ करोडको बजेट संसदबाट पारित
-
सिरहामा गोली प्रहार गरी भारतीय लागुऔषध कारोबारी पक्राउ
-
नेकपाको विभाग सङ्ख्या ४७ पुग्यो (सूचीसहित)
-
विद्युत् व्यापारमा सरकारले उचित कदम चलोस्, उत्पादित बिजुली खेर जान दिनु भएन : गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण