समाचार
सभामुख घिमिरेद्वारा आह्वान गरिएको सर्वदलीय बैठक सुरु
शनिबार, ०७ माघ २०७९, ११ : ५२
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले आह्वान गर्नुभएको सर्वदलीय बैठक सुरु भएको छ । सभामुख भएपछि उनले पहिलोपटक संघीय संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङ, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुबबहादुर प्रधान, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद प्रभु साहलगायतको उपस्थिति रहेको छ ।
आज प्रतिनिधिसभाको उपसभामुख चयनका लागि मतदान हुँदैछ । त्यसैको पूर्व सन्ध्यामा सभामुख घिमिरेले सर्वदलीय बैठक बोलाएका हुन् । घिमिरे गत माघ ५ गते १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण