माओवादी र समाजवादीबीच एकताका लागि ३ बुँदे सहमति
शनिबार, ०७ माघ २०७९, १५ : २७
काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रिया अघि बढेको छ । दुई पार्टीका वार्ता टोलीबीच शनिबार पहिलो बैठक बसेको हो ।
आजको बैठकले तीन महत्त्वपूर्ण विषयहरूमा सहमति भएको नेसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारी दिएका छन् । जसअनुसार एकता शीघ्र सम्पन्न गर्न आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव गरी पेस गर्ने तथा दुवै पार्टीको विधान र प्रतिवेदन लगायत दस्ताबेज आदानप्रदान गर्ने सहमति भएको हो । त्यसै गरी वार्ता टोलीको अर्को बैठक माघ १० गते बस्ने पनि सहमति पनि भएको छ । गत आम निर्वाचनमा दुई पार्टीले एकै निर्वाचन चिन्हबाट चुनावसमेत लडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण