बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

नेपालीहरू गैरकानूनी रूपमा कसरी छिर्छन् अमेरिका ?

शनिबार, ०७ माघ २०७९, १६ : ३५
शनिबार, ०७ माघ २०७९

काठमाडौँ । अमेरिका जानु धेरैको सपना हो । त्यो सपना पुरा गर्नको लागि हर सम्भव प्रयास गर्छन् । त्यसका लागि लाखौं रुपैयाँ खर्च पनि तयार हुन्छन् । यतिमात्र नभएर महिनौँ हिँडेर जान पनि तम्सिन्छन् । अमेरिका सपना देखेपछि अरू दुःख, पीडा सबै भुलिदिन्छन् । यो नेपालीको मात्र नभएर संसारका अधिकांश मुलुकका मानिसको सपना हो । 

नेपालबाट महिनामा एक हजार भन्दा बढी नेपाली अमेरिका पुग्छन् । त्यो पनि अवैध बाटोको प्रयोग गरेर । त्यसका लागि महिनौँ हिँड्छन् । ५० देखि ८० लाख रूपैयाँसम्म खर्च गर्छन् । त्यो पनि नेपालमा सुखी र सम्भ्रान्त भनिएको वर्ग नै यसका लागि तछाड मछाड गर्छन् । गरिबहरूको गन्तव्य खाडी मुलुक हुन्छ उनीहरूले कसरी अमेरिकाको बारेमा सोच्न सकुन् । 

भारतको बाटो हुँदो कोलम्बिया टार्गेट बनाएर दलालहरूले लैजाने गरेको पाइन्छ । लामो समयदेखि कोलम्बियामा बस्दै आएका छत्र मैनालीले यस विषयमा अध्ययन गरेका छन् । अध्ययनका लागि उनले नेपाली, भारतीय र बंगलादेशका गरी ५ हजार भन्दा बढीसँग प्रत्यक्ष कुराकानी गरेका छन् । 

कोलम्बियाको बोगोटामा बस्दै आएका मैनालीले केही समयमा त्यहाँको इमिग्रेसनमा नेपाली भाषा अनुवादकका रूपमा काम समेत काम गरेका थिए । अहिले नेपालमा आएका उनले नेपालीहरू कसरी अमेरिका जान्छन् भन्ने विषयमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेका छन् । 

मानव तस्करको सम्पर्कमा आएर उनीहरू जोखिमपूर्ण यात्रा गरेर अमेरिका जाने गरेको उनको भनाई छ । पत्रकार सम्मेलनमा उनले भनाईको सम्पादित अंश :

IMG20230120143022

हरेक गाउँ घरमा स्थानीय एजेण्ट हुन्छन् । विशेषगरी पश्चिम नेपालतिर यस्तो गिरोह बढी सक्रिय देखिन्छ । उनीहरूले गाउँका युवालाई ग्यारेन्टीका साथ अमेरिका पुर्‍याइदिने सपना बाँड्छन्, अनेक प्रलोभन देखाउँछन् । यसरी दूरदराजका युवा अमेरिका उडाइदिने सर्तमा मानव तस्करले २० देखि ५० लाख रुपैयाँ माग्छन् । पैसा तिरेपछि उनीहरूको नर्कको यात्रा सुरु हुन्छ । जीवनको आशा नै मारेर ‘मिसन अमेरिका’ बनाएर मात्र जाने हो । 

नयाँ दिल्ली हुँदै विभिन्न देशको बाटो प्रयोग गराउँदै कोलम्बियामा पुर्‍याउँछन् । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो प्रयो गरेर समेत नेपालीलाई ‘अनअराइभल भिसा’ दिने सिंगापुर वा गाम्बिया, ब्राजिल लगायत देशसम्म हवाई मार्गबाट पुर्‍याउँछन् । 

मैले २ वर्षजति कोलम्बियास्थित इमिग्रेसनमा नेपाली भाषा अनुवादकका रूपमा काम गरेको थिए । त्यही क्रममा पक्राउ परेका नेपाली युवासँग अन्तर्वार्ता लिने अवसर जुरेको थियो । त्यस क्रममा अवैध रूपमा अमेरिका छिर्न खोज्दा समातिएका दर्जनौं नेपालीसँग कुराकानी गरे ।

विश्वका कुनै पनि मुलुकबाट अवैध रूपमा अमेरिका छिर्न दक्षिण अमेरिकाका ब्राजिल, बोलिभिया, सुरिनाम, गुयना, पेरु वा चिलीमध्ये कुनै एक मुलुकमा हवाइ मार्गबाट जानुपर्छ । ल्याटिन अमेरिका पुगेपछि जसरी भए पनि त्यहाँबाट अमेरिका पुग्नैपर्छ भन्ने मानसिक दबाब पर्छन् । 

अवैध आप्रवासीलाई बस, ट्रक र कन्टेनरमा राखेर मेक्सिकोेसम्म पुर्‍याउने गरिन्छ । मैले अध्ययन गरेसम्म ९८ प्रतिशतभन्दा बढी आप्रवासीलाई ट्रक र कन्टेनरमा लगिएको थियो । 

हरेक ल्याटिन अमेरिकी देशमा रहेका दलालले अत्यन्त जोखिमसाथ उनीहरूलाई स्थल वा जलमार्ग पार गराउँदै मेक्सिको पुर्‍याउँछन् । मेक्सिको अमेरिका छिर्ने एक मात्र मार्ग हो । 

ल्याटिन अमेरिकी मुलुकबाट मेक्सिकोसम्म पुग्न स्थल र जलमार्ग प्रयोग गर्नुपर्छ । स्थलमार्गबाट जाँदा कैयौं दिनसम्म हिँड्नुपर्ने भएकाले कतिपयले मेक्सिकोसम्म पुग्न हवाइजहाज पनि प्रयोग गर्छन् । 

यतिसम्म कि त्यो देशमा पुगेपछि एजेण्टलाई पैसा खुवाएर स्थानीय नाममा नै पासपोर्ट बनाइदिएका हुन्छन् । त्यहीको स्थानीय नाम, स्थानीय ठेगाना राखेर नक्कली पासपोर्ट बनाईदिन्छन् । 

यस्तो नक्कली पासपोर्ट बोकेर ल्याटिन अमेरिकी मुलुकमा यात्रा गर्ने क्रम बढ्दो क्रममा छ । 

अवैध आप्रवासीलाई बस, ट्रक र कन्टेनरमा राखेर मेक्सिकोेसम्म पुर्‍याउने गरिन्छ । मैले अध्ययन गरेसम्म ९८ प्रतिशतभन्दा बढी आप्रवासीलाई ट्रक र कन्टेनरमा लगिएको थियो । 

बाटोमा रूट पर्ने हरेक देशका स्थानीय दलाललाई पैसा दिइएको हुन्छ । उनीहरूले आफ्नो देशको सीमा कटाएर अर्को देशको सीमासम्म छोड्ने काम गर्छन् । त्यहाँबाट अर्को देशको दलालको जिम्मामा पर्छ । अर्को मुलुकमा फेरि अर्को दलाल तयार भएर बसेको हुन्छ । बीचमा कुनै बाधा–व्यवधान भएन भने नेपालबाट हिँडेको व्यक्तिहरू कम्तीमा दुई साताभित्र युवाहरू ल्याटिन अमेरिका पुग्छन् । ट्रान्जिट, भिसा र अन्य प्रक्रियाले गर्दा अलि बढी समय पनि लाग्न सक्छ । यी सबै प्रक्रिया दलालले नै सेटिङमा मिलाउँछन् । 

धेरै नेपालीसहित भारतीय र बंगलादेशीहरू सुरुमा ब्राजिल पुग्छन् । त्यहाँसम्म उनीहरू हवाई यात्राबाट समेत जाने गरेका छन् । त्यहाँसम्म वैध भएर गएपनि त्यहाँबाट उनीहरूको अवैध यात्रा सुरु हुन्छ । उनीहरूले ब्राजिलमा पाइला टेकेपछि स्थलमार्गबाट यात्रा अगाडि बढ्छ । त्यहाँबाट पेरु इक्वेडोर, कोलम्बिया, पानामा र कोस्टारिका हुँदै दलालले मेक्सिकोसम्म पुर्‍याउँछन् ।

उनीहरू ब्राजिल हुँदै कोलम्बिया आइपुग्छन् । यसबीचको यात्रा, होटल र खानपानको व्यवस्था हरेक देशका दलालहरूले मिलाउँछन् । कोलम्बियाबाट नर्जन जंगलको ४ दिनको बाटो पैदल हिँडेर पानामा पुग्छन् । प्रहरीको आँखा छलेर राति जंगलको बाटो हिड्ने गरेका छन् । 

कतिपय अवस्थामा स्थानीय दलालले डुंगाबाट समुद्रको बाटो हुँदै पानामा पनि पठाउँछन् । भने बढी पैसा खर्च गर्न तयार भएमा दलालले हवाई जहाज वा हेलिकोप्टर चार्टर गरेर भएपनि पानामासम्म पुर्‍याईदिन्छन् । 

अगाडि बढ्ने क्रममा दलालहरू निहुँ खोज्छन् । थप पैसा मागिरहन्छन् । थप पैसा निदिएको खण्डमा महिनौंसम्म पनि अमेरिका नपठाउने, अनेकन घटनामा फसाईदिने सम्म गर्छन् । 

जंगलको बाटोमा हिँडेर जाँदा भने निकै नै दुःख र कष्ट भोग्नुपर्छ । कतिपयको त हिड्दा हिड्दै बाटोमा नै ज्यान जान्छ । 

जंगलमा हिड्दा समूह बनाएर जाने हो । लामो समय हिड्दा हिँदै कोही हिड्न नसक्ने भयो भने अरू कसैले सहयोग गर्दैनन् । हिड्न नसक्नेलाई त्यही छोडेर समूह अगाडि बढ्छ । एकदमै निर्दयी भएर हिँड्छन् । बोकेर हिड्दा भोलि आफु पनि हिड्न नसक्ने भयो कसले बोक्छ उनीहरूको मनमा त्यो प्रश्नले प्रश्य पाइरहेको हुन्छ । जसले गर्दा उनीहरूले आफुले तिरेको लाखौं रुपैयाँ सम्झिछन् अनि मिसन अमेरिकामा लाग्छन् । 

त्यसरी अवैध बाटो हुँदै अमेरिका जानेमा भारतीय सबैभन्दा धेरै हुन्छन् । त्यसपछि दोस्रो नम्बरमा बंगलादेशी पर्छन् । नेपालीहरू तेस्रो नेम्बरमा दक्षिण एसियाबाट त्यसरी अवैध बाटो हुँदै अमेरिका जाने क्रममा हरेक दिन बढ्दो क्रममा छ । 

अगाडि बढ्ने क्रममा दलालहरू निहुँ खोज्छन् । थप पैसा मागिरहन्छन् । थप पैसा निदिएको खण्डमा महिनौंसम्म पनि अमेरिका नपठाउने, अनेकन घटनामा फसाईदिने सम्म गर्छन् । 

अनेकन दुःख कष्ट गरेर नेपालीहरू पानामा प्रवेश गर्छन् । कोलम्बिया प्रवेश गर्छन् । त्यहाँ उनीहरूले आफुले बोकेको नेपाली पासपोर्ट तथा अन्य डकुमेन्ट नष्ट गर्छन् । पानामास्थित क्याम्पमा केही दिन बसेपछि पानामा इमिग्रेसनले देश छाड्नका लागि उनीहरूलाई ‘कन्ट्री एक्जिट पेपर’ दिन्छ, त्यो पेपर भएपछि उनीहरू खुलेआम पानामाभरि घुम्न पाउँछन् ।

दक्षिण एसियाका भारत, बंगलादेश र नेपालबाट मात्र नभई मध्यपूर्व तथा अफ्रिकाका द्वन्द्वग्रस्त मुलुकबाट पनि ठूलो संख्यामा आप्रवासी ल्याटिन अमेरिका हुँदै अमेरिका छिर्छन् ।

पानामाबाट दलालले व्यवस्था गरेको बस, ट्रकजस्ता सवारी साधन चढेर उनीहरू कोस्टारिक पुग्छन् । त्यसपछि निकारागुवा र होन्डुरसमा रातिराति लुकेर–छलिएर कहिले ट्रक त कहिले जंगलको बाटोमा पैदलयात्रा गर्दै उनीहरू ग्वाटेमाला पुग्छन् । त्यहाँबाट दलालले उनीहरूलाई डुंगामा चढाएर मेक्सिकोको सिमावर्ती तापाचुला सहरसम्म पुर्‍याइदिन्छन् र त्यहाँ रहेको ‘इमिग्रेन्ट क्याम्प’ मा शरण लिन्छन् । त्यहाँ केही दिन बस्छन् । 

मेक्सिकोको कानुनअनुसार बाहिरबाट आएका शरणार्थीले केही दिनभित्रै देश छाड्नुपर्ने हुन्छ । त्यही प्रावधान अनुसार त्यहाँ पुगेका नेपालीलाई मेक्सिको सरकारले ‘कन्ट्री एक्जिट पेपर’ दिन्छ । त्यो पेपर बोकेर उनीहरू अमेरिकाको बोर्डरतिर लाग्छन् । 

तापाचुलाबाट त्यहाँ रहेका दलालले राति अमेरिकाको क्यालिफोर्निया राज्यको सान–डिएगोस्थित बोर्डरसम्म छाड्छन् । त्यहाँबाट नेपाली युवाले पर्खाल नाघेर अमेरिकाको भूमिमा टेकेपछि दलालको काम सकिन्छ । 

मेक्सिको र अमेरिकाको पर्खाल नाघ्नको लागि भर्‍याङ किन्छन् । त्यही भर्‍याङमार्फत पर्खाल नाघ्ने र काम सकिएपछि भर्‍याङ त्यही छोडिदिन्छन् । अमेरिका पुगेपछि दलाल जिम्मेवारी मुक्त हुन्छ । अमेरिका छिरेपछि इमिग्रेसनले समातेर केरकार गर्‍यो वा डिपोर्ट गर्‍यो भने पनि दलाल जवाफदेही हुँदैन । दलालको काम भनेको जसरी पनि अमेरिकासम्म छिराइदिने हो । अमेरिका पसेपछि उनीहरू आफैं जवाफदेही हुनुपर्छ ।

दक्षिण एसियाका भारत, बंगलादेश र नेपालबाट मात्र नभई मध्यपूर्व तथा अफ्रिकाका द्वन्द्वग्रस्त मुलुकबाट पनि ठूलो संख्यामा आप्रवासी ल्याटिन अमेरिका हुँदै अमेरिका छिर्छन् । कोरोना महामारीको बेला समेत त्यसरी जानेको लर्को थियो । यसरी मानव तस्करीमा संलग रहेको अन्तर्राष्ट्रिय गिरोहलाई कसैले पनि कारवाहीको दायरमा ल्याउन सकेको छैन् । यसमा ठूलै अन्तर्राष्ट्रिय गिरोहको हात छ, जसलाई प्रहरी, प्रशासन र राजनीतिकर्मीको समेत संरक्षण रहेको देखिन्छ । 

कुराकानी गर्ने क्रममा त्यसरी जोखिमपूर्ण यात्रा गरेर अमेरिका छिर्न चाहनुको कारण देशको अस्थिर राजनीतिक अवस्था नै बताउने गरेका छन् । मैले ५ हजार भन्दा बढीसँग कुरा गर्दा अधिकांशको भनाई देशमा बसेर केही प्रगति हुँदैन, अनि त्यहाँ बसेर के गर्नु ? भन्ने खालको मात्र हुन्छ । हाम्रो देशको विकास भएको भए हामी यसरी दुःख गरेर अर्काको देशमा शरण माग्न नआउने उनीहरूको भनाई हुन्थ्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप