अब सबै दलको लडाई राष्ट्रपतिमा पर्छ, सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ : केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले अब सबै राजनीतिक दलहरूको लडाई राष्ट्रपति कसलाई बनाउने भन्नेमा पर्ने बताएका छन् । शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले सबै दलले कम्फर्टेबल राष्ट्रपति खोजेको बताउँदै गत पुस २६ गतेदेखि नै राष्ट्रपतिका लागि लडाई सुरु भएको बताए ।
सांसद केसीले भने–‘सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ । कम्फर्टेबल सभामुख चाहिन्छ । त्यसले गर्दा राष्ट्रपतिले, सभामुखले दूधको–दूध, पानीको पानी नियम अनुसार निर्णय गर्न सक्छ ? सक्दैन । यो रोगबाट हामी मुक्त हुनुपर्छ । हामीले संसदीय प्रणालीको बखान गर्न नथाक्ने अनि त्यसको नियमलाई प्रणालीलाई नमान्ने भएपछि वास्तवमा हामीले यो संसद्लाई राम्रोसँग चलाउन सक्दैनौँ ।’
उनले पार्टीका नेताहरूले गरेको कुरा सुन्दा उपसभामुखको उम्मेदवार सभामुखको जस्तो भएको बताए । उपसभामुखको अधिकार के हुन्छ र बखान गरेको ? भन्दै उनले प्रश्न समेत गरे ।
नेपाल पितृसत्तात्मक देश भएको उल्लेख गर्दै महिलालाई अझै दोस्रो दर्जाको व्यवहार गर्ने गरिएको बताउँदै हरेक पदमा महिलालाई महिलासँग प्रतिस्पर्धी गराउनुपर्ने, दलितको कोटामा दलितसँग नै प्रतिस्पर्धा गराउनुपर्ने बताए । महिलामाथि भएको विभेद महिलाले मात्रै हटाउन सक्ने बताउँदै उनले पुरुषले गराउन नसक्ने बताए ।
उनले नेपालको एयरपोर्टबाटै महिला बिक्री हुने गरेको र त्यहाँबाट हुन नसके भारत र श्रीलङ्काको एयरपोर्ट प्रयोग गरेर महिला बिक्री हुने गरेको थाहा छ कि छैन भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण