मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

शनिबार, ०७ माघ २०७९, १९ : ४६
शनिबार, ०७ माघ २०७९

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य बीमा मार्फत सबै जनताको उपचारलाई सुनिश्चित गरिने बताएका छन् । शनिबार मनमोहन सामुदायिक अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गिरीले स्वास्थ्य बमिा कार्यक्रममा जिल्लाहरूमा समस्याको रुपमा रहेको बताए ।

बीमा कार्यक्रम संचालन गरेका अस्पतालहरुले कार्यक्रम सञ्चालन गर्न नसकिने बताउन थालेको भन्दै बिमा कार्यक्रम कार्यान्वयनका समस्या छिट्टै समाधान हुने स्वास्थ्य मन्त्री गिरीले बताए । बीमा कार्यक्रम संचालनमा आइपरेका समस्याहरुको बारेमा जानकारी लिन आफूले सम्बन्धित निकायसँग छलफल गरिसकेको पनि उनले बताए । 

गरिब जनताले स्वास्थ्य बीमा कार्यक्रम मार्फत धेरै सुबिधा लिनसक्ने भएपनि कार्यक्रम कार्यान्वयनमा धेरै समस्या भएको गिरीको भनाइ छ । रोटरी क्लबले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गर्दै मन्त्री गिरीले सबै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व रहेको उल्लेख गरे । 

मन्त्री गिरीेले सोही अवसरमा मनमोहन सामुदायिक अस्पतालको अनुगमन समेत गरेका थिए । ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप