सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य बीमा मार्फत सबै जनताको उपचारलाई सुनिश्चित गरिने बताएका छन् । शनिबार मनमोहन सामुदायिक अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गिरीले स्वास्थ्य बमिा कार्यक्रममा जिल्लाहरूमा समस्याको रुपमा रहेको बताए ।
बीमा कार्यक्रम संचालन गरेका अस्पतालहरुले कार्यक्रम सञ्चालन गर्न नसकिने बताउन थालेको भन्दै बिमा कार्यक्रम कार्यान्वयनका समस्या छिट्टै समाधान हुने स्वास्थ्य मन्त्री गिरीले बताए । बीमा कार्यक्रम संचालनमा आइपरेका समस्याहरुको बारेमा जानकारी लिन आफूले सम्बन्धित निकायसँग छलफल गरिसकेको पनि उनले बताए ।
गरिब जनताले स्वास्थ्य बीमा कार्यक्रम मार्फत धेरै सुबिधा लिनसक्ने भएपनि कार्यक्रम कार्यान्वयनमा धेरै समस्या भएको गिरीको भनाइ छ । रोटरी क्लबले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गर्दै मन्त्री गिरीले सबै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व रहेको उल्लेख गरे ।
मन्त्री गिरीेले सोही अवसरमा मनमोहन सामुदायिक अस्पतालको अनुगमन समेत गरेका थिए । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण