जोगिन्दर पानवाल अब फिल्मको हिरो
काठमाडौँ । हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ फिल्मको हिरो बन्ने भएका छन् । कलाकार तथा निर्देशक बिनोद केसीले निर्माण गर्न लागेको फिल्म ‘कबाडी’ मा उनी हिरोको अनुबन्धित भएका छन् । फिल्म अभिनय बिषयमा शनिबार कलाकार रिजाल र निर्माण युनिटबीच सम्झौता भएको छ । ठाउँठाउँमा पुगेर पुराना सामान उठाउने कबाडीको कथा फिल्मको बिषयवस्तु हो । फिल्मले सामाजिक सद्भाव र अनुहार हरेर गरिने भेदभावको बिषयमा सन्देश दिने निर्देशक केसीले बताए ।
फिल्मको कथावस्तु मनपरेकोले फिल्म अभिनय गर्न राजी भएको रिजालले बताए । ‘फिल्मले नेपाली मार्केटमा कस्तो प्रभाव पार्छ भन्न सक्दिन । तर अन्तराष्ट्रिय फेष्टिभलमा भने यो छानेने खालको छ’ रिजालले थपे । फिल्ममा गायिका मञ्जु पौडेल अभिनेत्रीको रुपमा देखिनेछिन् । केही टेलिफिल्म अभिनय गरिसकेकी पौडेलको यो पहिला फिल्म हुनेछ ।
हास्य कलाकार दमन रुपाखेतीको समेत मुख्य भूमिका रहने फिल्म सहर्ष गणेश फिल्मस् एण्ड एड्भर्टाइजिङ्ग सर्भिसको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मका निर्माता निर्देशक विनोद आफै हुन् । फिल्मको प्राबिधि र अन्य कलाकारको जानकारी केही समयपछि एक औपचारीक कार्यक्रम मार्फत दिइने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण