स्वास्थ्यमन्त्री गिरीद्वारा भेरी अस्पतालको नयाँ डायलाइसिस कक्ष उद्घाटन
काठमाडौँ । नेपालगन्जस्थित भेरी अस्पतालको हेमो डायलाईसिस कक्ष सुरु गरिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले हेमो डायलाईसिस कक्षको उद्घाटन गरेका हुन् । मन्त्री गिरी नेपालगञ्जमा दादुरा फैलिएको क्षेत्रमा अवलोकन गर्न बाँके पुगेका छन् । कक्षको उद्घाटन गर्दै मन्त्री गिरीले डायलाइसिस सेवा लिइरहेका ५२ वर्षीय बिरामी रविन्द्र श्रेष्ठलाई फुलको गुच्छा दिएर स्वास्थ लाभको कामना गरे । नयाँ हेमो डायलाइसिस कक्षमा ६ जनाको क्षमता रहेको छ । कक्षको उद्घाटन गर्दैै मन्त्री गिरी सिमित स्रोत साधनका बाबजुद पनि भेरी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको बताए ।
उनले भने, ‘भौतिक पूर्वाधार न्यूनतम सेवा हुँदा पनि अधिकतम सेवा प्रदान गर्नु निकै उल्लेखनीय छ ।’ कार्यक्रममा सरकारको प्रमुख प्राथमिकता सम्पूर्ण नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चत गर्नु भएको उनले बताए । गरिब र विपन्न क्षेत्रका जनतालाई प्राथमिकतामा राखेर तदारुकताका साथ काम गर्ने उनको जिकिर थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण