बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मुकेश र गीता च्याम्पियन

आइतबार, ०८ माघ २०७९, १५ : ५२
आइतबार, ०८ माघ २०७९

काठमाडौं । त्रिभुवन आर्मी क्लबका मुकेश पलले राइट टु प्रोटिन रनको पुरुष खुला १० किलोमिटर दौडमा पहिलो स्थान प्राप्त गरेका छन् । दशरथ रंगशालाबाट भएको १० किलोमिटर दौड आर्मीका मुकेशले ३० मिनेट ५६ः०१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान प्राप्त गरे ।

आर्मीकै गजेन्द्र राईले ३१ मिनेट ००.२९ सेकेन्ड दुरी पार गर्दै दोस्रो हुँदा सुबास कार्कीले २१ मिनेट ०७.२० सेकेन्ड दुरी पार गर्दै तेस्रो भए । महिला खुला ५ किलोमिटर दौडमा आर्मीकै खेलाडी गीता विक प्रथम हुन सफल भइन् । गीताले २१ मिनेट ३८.५२ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान प्राप्त गरिन् । आर्मीकी निर्मला केसीले २२ मिनेट ०८.२२ सेकेन्डका साथ दोस्रो स्थान हासिल गरिन् ।

राइ टु प्रोटिन रनको हाफ म्याराथनको उपाधि महिलातर्फ एपिएफकी फुलमती राना र पुरुषतर्फ आर्मीका दीपक अधिकारीले जितेका छन् । नेपाल भेटेरिनरी एसोसिएसनले आयोजना गरेको प्रतियोगिताको स्कुल ब्वाइज ५ किलोमिटर दौडमा सञ्जिव नेपाली प्रथम भए ।

उनले १८ मिनेट ३६ सेकेन्डमा दौड पूरा गरे । श्याम मग्रातीले १८ मिनेट ४५.५८ सेकेन्ड दुरी पार गर्दै दोस्रो हुँदा १८ मिनेट ५०.३४ सेकेन्ड पार गरेका हिमालराज गुरुङ तेस्रो भए ।

स्कुल गल्स ३ किलोमिटरमाअ १८ मिनेट १५.२२ मिनेटमा दौड पूरा गर्दै कल्पना बुढा विजयी भइन् । कल्पनाले गरिन् । त्यस्तै हिमाली शाहीले १८ मिनेट ३५.७३ सेकेन्डमा दुरी पार गर्दै दोस्रो हुँदा १९ मिनेट १०.४० सेकेन्ड दुरी पार गरेकी दिपशिखा शाही तेस्रो भइन् ।

ह्विल चियर पुरुषमा प्रमेबहादुर विक पहिलो, रामकाजी मिजार दोस्रो र सोमनाथ राई तेस्रो भए । त्यस्तै ह्विचिय महिलामा रजनी राई पहिलो, यामी झाक्री मगर दोस्रो र जेनिसा कठायत तेस्रो भइन् । प्रधानमन्त्री पुष्पकमल दाहा प्रचन्डले विजेता खेलाडीलाई पुरस्कृत गरेका थिए । प्रतियोगितालाई नेपाल दाना उद्योग संघ र अन्तगर्तका दाना उद्योग सहयोगीको रुपमा रहेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप