बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्मबारे गलत बयानबाजी बारे बोले अक्षय कुमार, मोदीलाई सम्झिए

आइतबार, ०८ माघ २०७९, १६ : ५०
आइतबार, ०८ माघ २०७९

बलिउड अभिनेता अक्षय कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको त्यो सल्लाहको प्रशंसक गरे जुन उनले केही दिन अघि भाजपा नेतालाई दिएका थिए ।

वास्तवमा मोदीले दिल्लीमा भएको दुई दिवसीय कार्यकारिणी बैठकमा भाजपा नेतालाई अनावश्यक बयानबाजी गर्नबाट जोगिन भनेका थिए ।

अक्षयको यो बयान यस्तो समय आएको थियो जब शाहरुख खानको फिल्म पठानको विषयमा विवाद भइरहेको छ । यसको विरोध गरिरहेका मानिस फिल्ममा दीपिका पादुकोणको बिकिनीको रङको विषयमा विरोध गरिरहेका छन् ।

अक्षय कुमारले भने, ‘मलाई लाग्छ, प्रधानमन्त्री मोदी हाम्रो देशका सबैभन्दा ठूला इन्फ्लुएन्सर हुन् । यदि उनी केही गरिरहेका छन् र स्थिति परिवर्तन भइरहे.का छन् भने यो इन्डष्ट्रिका लागि निकै राम्रो हुनेछ ।’

‘हामी फिल्म बनाउँछौँ, फिल्मलाई सेन्सर बोर्डमा लिएर जान्छौँ, त्यहाँबाट पास गराएर ल्याउँछौँ, त्यसपछि कसैले केही न केही बोल्छ र गडबड हुन्छ । तर अब उनले भनेका छन् भने केही राम्रो त होला नै ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप