फिल्मबारे गलत बयानबाजी बारे बोले अक्षय कुमार, मोदीलाई सम्झिए
बलिउड अभिनेता अक्षय कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको त्यो सल्लाहको प्रशंसक गरे जुन उनले केही दिन अघि भाजपा नेतालाई दिएका थिए ।
वास्तवमा मोदीले दिल्लीमा भएको दुई दिवसीय कार्यकारिणी बैठकमा भाजपा नेतालाई अनावश्यक बयानबाजी गर्नबाट जोगिन भनेका थिए ।
अक्षयको यो बयान यस्तो समय आएको थियो जब शाहरुख खानको फिल्म पठानको विषयमा विवाद भइरहेको छ । यसको विरोध गरिरहेका मानिस फिल्ममा दीपिका पादुकोणको बिकिनीको रङको विषयमा विरोध गरिरहेका छन् ।
अक्षय कुमारले भने, ‘मलाई लाग्छ, प्रधानमन्त्री मोदी हाम्रो देशका सबैभन्दा ठूला इन्फ्लुएन्सर हुन् । यदि उनी केही गरिरहेका छन् र स्थिति परिवर्तन भइरहे.का छन् भने यो इन्डष्ट्रिका लागि निकै राम्रो हुनेछ ।’
‘हामी फिल्म बनाउँछौँ, फिल्मलाई सेन्सर बोर्डमा लिएर जान्छौँ, त्यहाँबाट पास गराएर ल्याउँछौँ, त्यसपछि कसैले केही न केही बोल्छ र गडबड हुन्छ । तर अब उनले भनेका छन् भने केही राम्रो त होला नै ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण