इजरायली स्वास्थ्यमन्त्री डेरी पदबाट बर्खास्त
जेरुसेलम । इजरायली स्वास्थ्यमन्त्री आर्यह डेरीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतको फैसलापछि आइतबार बेन्जामिन नेतन्याहूले उनलाई पदबाट बर्खास्त गरेका छन् ।
सर्वोच्च अदालतले गत बुधबार नेतन्याहूले गत वर्ष कर छलीगरेको अभियोगमा दोषी ठहर भएका कारण ‘डेरीलाई पदबाट हटाउनुपर्ने’ फैसला सुनाएको थियो ।
प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्ति अनुसार नेतन्याहूले डेरीलाई भने, “भारी मन अर्थात् दुःख र अत्यन्त कठिन भावनाका साथ म तपाईंलाई मन्त्रीबाट हटाउन बाध्य भएको छु ।”
इजरायलमा नोभेम्बर १ मा भएको निर्वाचनपछि गठबन्धन सम्झौताअन्तर्गत गत महिना दक्षिणपन्थी यहुदी पार्टी (शास) का नेता डेरीलाई स्वास्थ्य तथा आन्तरिक मन्त्री नियुक्त गरिएको थियो ।
न्यायाधीशहरूले डेरीले हल्का सजाय पाउनका लागि राजनीतिबाट राजीनामा दिन चाहेको जस्तो देखिएको बताएका छन् ।
वरिष्ठ राजनीतिज्ञलाई एक लाख ८० हजार शेकेल (करिब ५० हजार अमेरिकी डलर) जरिवाना गरिएको थियो र उनले आफ्नो संसदीय सीट त्यागेका थियो तर नोभेम्बरको चुनावमा उनले फेरि प्रतिस्पर्धा गरेका थिए ।
संसद्ले गत महिना अपराधमा दोषी ठहरिएका तर हिरासतमा नरहेका कुनै पनि व्यक्तिलाई मन्त्रीको रूपमा काम गर्न अनुमति दिने कानुन पारित गरेका थिए । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण