सुपरमादीको आईपीओ आजदेखि बिक्री खुला
काठमाडौँ । सुपरमादी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको हो ।
आयोजनाले आफ्नो जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने छ । यसमध्ये, १० लाख ५० हजार कित्ता आईपीओ स्थानीयलाई बिक्री गरिसकेको छ । यस्तै, २ लाख १० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएकाहरूलाई बिक्री गरिसकेको छ । यसका साथै, कम्पनीले १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई र ४२ हजार कित्ता सेयर कर्मचारीलाई बिक्री गरिसकेको छ ।
वैदेशिक रोजगारीमा गएका, स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीलाई बिक्री गरेर बाँकी बसेको १७ लाख ४३ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । नेपाल धितोपत्र बोर्डमा कम्पनीले पेस गरेको विवरण पत्रअनुसार आयोजनाको प्रतिसेयर नेटवर्थ १०६.२६ रुपैयाँ छ । यस्तै, प्रतिसेयर आम्दानी ६.२८ रुपैयाँ छ भने हाल कम्पनीको सञ्चित मुनाफा ३१ करोड १५ लाख १० हजार रुपैयाँ छ ।
कम्पनीले कास्कीको मादी गाउँपालिकामा ४४ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउँदैछ । उक्त आयोजना बनाउन निर्माण अवधिको ब्याजसहित १८ करोड ९७ लाख ७२ हजार लागत लाग्नेछ । र, यसको सञ्चालन अवधि ३० वर्षमध्ये २९ वर्ष ६ महिना बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण