थाइल्याण्ड : भ्यान दुर्घटनामा ११ जनाको जलेर मृत्यु

थाइल्याण्ड प्रहरीले एउटा भ्यानमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा दुई बालबालिका रहेका छन् ।
यात्रु बोकेको भ्यान राजमार्गमा जाने क्रममा नाखोन रातचासिमा प्रान्तमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण कारमा आगो लाग्यो ।
प्रहरी कर्णेल यिंगोस पोलाडजेका अनुसार समाचार एजेन्सी एएफपीले उक्त गाडी अमानत चारियोन प्रान्तबाट बैंकक जाँदै गरेको जनाएको छ ।
शनिबार राति नाखोन राचासिमामा भ्यान दुर्घटना भएको हो ।भ्यानमा जम्मा १२ जना सवार थिए ।
रिपोर्टका अनुसार एक व्यक्ति भ्यानको झ्यालबाट बाहिर निस्किएपछि भित्र विस्फोट भयो र त्यसमा आगो लाग्यो । भ्यानमा फसेका बाँकी मानिस समयमै बाहिर निस्कन सकेनन् ।
Another horrific statistic to add to Thailand’s appalling road safety record. What’s striking is how often in these accidents here the vehicles catch fire. https://t.co/cImU5OtEgo
— Jonathan Head (@pakhead) January 23, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेन्ट लुइसमा घुम्रपात आउँदा पाँच जनाको मृत्यु
-
हेटौँडामा वाग्ले, फागो र अधिकारी पुरस्कृत
-
मिथिला संस्कार र संस्कृतिमा बढ्दो तमकझमक
-
जलवायु परिवर्तनले हुने हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ : विज्ञहरू
-
रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त
-
सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरण : युएनडीपी उपाध्यक्ष