शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेस प्रदेशमा दैनिक १६ वटा दुर्घटना, डेढ लाख सवारीसाधन कारवाहीमा

सोमबार, ०९ माघ २०७९, १४ : १६
सोमबार, ०९ माघ २०७९

रौतहट । मधेस प्रदेशमा दैनिक १६ वटा सवारी दुर्घटनामा परिरहेको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयको एक तथ्याङ्कले देखाएको छ।  पर्सादेखि सप्तरीसम्ममा गत साउनदेखि पुस मसान्तसम्म मात्र ६ महिनाको अवधिमा २८ सय ७६ सवारी दुर्घटनामा तथ्याङ्कले देखाएको हो । सोमध्ये सबैभन्दा कम पर्सामा १३१ र सबैभन्दा बढी धनुषामा ४६३ सवारी दुर्घटना भएको तथ्याङ्कमा उल्लेख रहेको छ।

रौतहटमा ३६० बारामा ४३६ ,सर्लाहीमा ४५७, महोत्तरीमा ३९८, सिरहामा ३१६ र सप्तरीमा ३१५ सवारी दुर्घटना भएको छ । उक्त तथ्याङ्कअनुसार मधेस प्रदेशमा दैनिक १६ वटा सवारी साधन दुर्घटना भइरहेको छ। सो दुर्घटनामा परेर ४ हजार ६ सय ३१ जना घाइते भएका छन् । घाइते हुनेमा ३१ सय १८ पुरुष ,८ सय २४ महिला, ४३४ बालक तथा २५५ बालिका रहेको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथ्लैयाका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताएका छन् । दुर्घटनामा परेर २०६ पुरुष ,४८ महिला ,१३ बालक १४ बालिका गरी २८१ जनाको मृत्यु भएको डिएसपी भण्डारी ले जानकारी दिएका छन् । ६ महिनाको अवधिमा नियमविपरीत चलेका  १ लाख ४६ हजार १८० सवारीसाधनलाई गरिएको कारबाहीबाट  १० करोड ७७ लाख १५ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको छ। 

प्रदेशको आठवटै जिल्लामा सवारी दुर्घटना कम गर्न  सामुदायिक विद्यालयमा ट्राफिक नियम बारे कक्षा सञ्चालन ,सडकमा चालक र यात्रुलाई ट्राफिक ज्ञान , पर्चा पम्प्लेट वितरण गरी सर्वसाधारण लाई ट्राफिक नियम बारे सचेतता जस्ता १४ सय ५४ वटा चेतनामूलक कार्यक्रमको आयोजना गरिएको प्रदेश ट्राफिक प्रमुख एसपी सन्तोष भट्टराईले बताएका छन् । उक्त ट्राफिक सम्बन्धी सचेतना कार्यक्रममा यात्रु,सवारी चालक तथा सर्वसाधारण गरी कुल ७१ हजार ४७२ जनाको सहभागिता रहेको एसपी भट्टराईले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप