किन भयो पाकिस्तानमा देशव्यापी विद्युत् कटौती ?
इस्लामाबाद । पाकिस्तानको राष्ट्रिय ग्रिडमा ठूलो समस्याका कारण सोमबार बिहानैदेखि देशव्यापी विद्युत कटौती भएको संघीय ऊर्जा मन्त्रालयले जनाएको छ । ‘प्रारम्भिक जानकारी अनुसार सोमबार बिहान स्थानीय समयअनुसार साढे ७ बजे राष्ट्रिय ग्रिडले फ्रिक्वेन्सी गुमाएको अनुभव गर्यो, जसले गर्दा ठूलो समस्या भयो । प्रणालीलाई पुनर्जीवित गर्न द्रुत कार्य भइरहेको छ’, मन्त्रालयले एक विज्ञप्तिमा भन्यो ।
कराँची, इस्लामावाद, लाहोर र पेशावरलगायत सबै प्रमुख सहरमा विद्युत् बन्द भएको थियो । सोमबार बिहान प्रणालीहरू सक्रिय हुँदा जामशोरो र दादु शहरहरू बीचको देशको दक्षिणी भागमा फ्रिक्वेन्सी भिन्नता रिपोर्ट गरिएको ऊर्जा मन्त्री खुरुम दस्तगिरले जियो टिभी च्यानललाई भने । दस्तगीरले भने, ‘भोल्टेजमा उतारचढाव थियो र एक एक गरेर प्रणालीहरू बन्द हुँदै गयो । यो ठूलो संकट होइन’, दस्तगीरले भने । ‘देशका केही ग्रिडहरू पहिले नै पुनःस्थापित भइसकेका छन्’ मन्त्री दस्तगिरले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण