मेरो कार्यकालमा कुनैपनि खालका भ्रष्टाचार हुन दिन्न : स्वास्थ्यमन्त्री गिरी
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा नीतिगत लगायत कुनै पनि खालका भ्रष्टाचार हुन नदिने जिकिर गरेका छन् । सोमबार स्वास्थ्य पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री गिरीले सो कुरा बताएका हुन् । मन्त्री गिरीले स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सेटिङ गरी नीतिगत्त भ्रष्टाचार हुन्छ भन्ने गुञ्जाय शून्य हुने दावी गरे ।
‘मेरो कार्यकालमा प्रत्येक कुरा पार्दशी हुनुपर्छ । जनताको रगत पसिनाको थोपाले प्राप्त गरेको राजश्व कतैबाट पनि चुवावट र दुरुपयोग हुँदैन’ उनले भने । मन्त्री गिरीले यो क्षेत्रमा स्वास्थ्य पूर्वाधार, जनशक्ति र भौतिक संरचनाको तालमेललाई मिलाएर अगाडि बढ्ने बताए । देशभरका स्वास्थ्य संस्था र अस्पतालको वैज्ञानिक तरिकाबाट अध्ययन गरी आवश्यकताको आधारमा पूर्वाधारलाई विकास गर्न ठोस योजना बनाएर अघि बढ्ने उनको भनाई छ ।
सो कार्यक्रममा मन्त्री गिरीले राज्यमन्त्री डा.तोसिमा कार्की र आफु बीचमा मिडियामा आएझै समस्या नरहेको प्रष्ट पारे । ‘काम गर्ने क्रममा राज्यमन्त्रीज्यू र म सँगसँगै सहकार्य गरेर अगाडि बढेका छौँ । उहाँमा पनि स्वास्थ्य क्षेत्रलाई अझै राम्रो बनाउने हुट्हुटी छ, हामी सहकार्य गर्दै अघि बढ्छौं’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण