शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेरो कार्यकालमा कुनैपनि खालका भ्रष्टाचार हुन दिन्न : स्वास्थ्यमन्त्री गिरी

सोमबार, ०९ माघ २०७९, १७ : ५०
सोमबार, ०९ माघ २०७९

काठमाडौँ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा नीतिगत लगायत कुनै पनि खालका भ्रष्टाचार हुन नदिने जिकिर गरेका छन् । सोमबार स्वास्थ्य पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री गिरीले सो कुरा बताएका हुन् । मन्त्री गिरीले स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सेटिङ गरी नीतिगत्त भ्रष्टाचार हुन्छ भन्ने गुञ्जाय शून्य हुने दावी गरे ।

‘मेरो कार्यकालमा प्रत्येक कुरा पार्दशी हुनुपर्छ । जनताको रगत पसिनाको थोपाले प्राप्त गरेको राजश्व कतैबाट पनि चुवावट र दुरुपयोग हुँदैन’ उनले भने । मन्त्री गिरीले यो क्षेत्रमा स्वास्थ्य पूर्वाधार, जनशक्ति र भौतिक संरचनाको तालमेललाई मिलाएर अगाडि बढ्ने बताए । देशभरका स्वास्थ्य संस्था र अस्पतालको वैज्ञानिक तरिकाबाट अध्ययन गरी आवश्यकताको आधारमा पूर्वाधारलाई विकास गर्न ठोस योजना बनाएर अघि बढ्ने उनको भनाई छ ।

सो कार्यक्रममा मन्त्री गिरीले राज्यमन्त्री डा.तोसिमा कार्की र आफु बीचमा मिडियामा आएझै समस्या नरहेको प्रष्ट पारे । ‘काम गर्ने क्रममा राज्यमन्त्रीज्यू र म सँगसँगै सहकार्य गरेर अगाडि बढेका छौँ । उहाँमा पनि स्वास्थ्य क्षेत्रलाई अझै राम्रो बनाउने हुट्हुटी छ, हामी सहकार्य गर्दै अघि बढ्छौं’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप