सूर्य नेपाल गल्फ टुरअन्तर्गत ‘एनपिजिए म्याच प्ले’ प्रतियोगिता मंगलबारदेखि

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तगर्तको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलवारबाट हुने भएको छ ।
प्रतियोगितामा अघिल्लो सिजन पूरा गरेर वरियता बनाएका शीर्ष १६ गल्फरले सहभागिता जनाउँदैछन् । शीर्ष १६ मा रहेका चार गल्फर उपस्थिति नहुने भएपछि यसपटक २० औं वरियतासम्मकाले सहभागिता जनाउने नेपाल गल्फर एशोसिएशनका महासचिव दीपक आचार्यले जानकारी दिए ।
काठमाडौंस्थित रोयल नेपाल गल्फ क्लवको कोर्समा आयोजना हुने तीन दिने प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार, तेस्रोले ३२ हजार र चौथो स्थान हासिल गर्नेले २४ हजार प्राप्त गर्नेछन् । यस्तै क्वाटरफाइनलबाट बाहिरिनेले ११ हजार र पहिलो चरणबाट बाहिरिने गल्फरले नगद ६ हजार पाउनेछन् ।
मंगलवार पहिलो चरणको खेल तथा बुधवार क्वाटरफाइनल र सेमिफाइनल हुनेछ । बिहीवार अन्तिम दिन फाइनल हुनेछ । फाइनल ३६ होल तथा अन्य चरणमा १८ होलमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सरकार बनाएर संविधान संशोधनमा जाउँ : कृष्ण पहाडी
-
सामान्य प्रशासन मन्त्रालय अगाडि कर्मचारीको विरोध
-
नयाँ सहरी विकास ऐन ल्याउने सरकारको तयारी
-
राजेन्द्र महतोले गठन गरे राजनीतिक समिति (नामावलीसहित)
-
हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण
-
महानगरका प्रवक्ता मानन्धरलाई बालेनले सोधे स्पष्टीकरण