सूर्य नेपाल गल्फ टुरअन्तर्गत ‘एनपिजिए म्याच प्ले’ प्रतियोगिता मंगलबारदेखि
काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तगर्तको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलवारबाट हुने भएको छ ।
प्रतियोगितामा अघिल्लो सिजन पूरा गरेर वरियता बनाएका शीर्ष १६ गल्फरले सहभागिता जनाउँदैछन् । शीर्ष १६ मा रहेका चार गल्फर उपस्थिति नहुने भएपछि यसपटक २० औं वरियतासम्मकाले सहभागिता जनाउने नेपाल गल्फर एशोसिएशनका महासचिव दीपक आचार्यले जानकारी दिए ।
काठमाडौंस्थित रोयल नेपाल गल्फ क्लवको कोर्समा आयोजना हुने तीन दिने प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार, तेस्रोले ३२ हजार र चौथो स्थान हासिल गर्नेले २४ हजार प्राप्त गर्नेछन् । यस्तै क्वाटरफाइनलबाट बाहिरिनेले ११ हजार र पहिलो चरणबाट बाहिरिने गल्फरले नगद ६ हजार पाउनेछन् ।
मंगलवार पहिलो चरणको खेल तथा बुधवार क्वाटरफाइनल र सेमिफाइनल हुनेछ । बिहीवार अन्तिम दिन फाइनल हुनेछ । फाइनल ३६ होल तथा अन्य चरणमा १८ होलमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण