आत्महत्या दुरुत्साहन गराएको भन्दै ‘जेल’ रेस्टुरेन्ट सञ्चालनमा रोक
रुपन्देही । आत्महत्या दुरुत्साहनलाई सहयोग पुग्ने सामग्री राखेर सञ्चालन गरेको आरोपमा एक रेस्टुरेन्टलाई रुपन्देही प्रशासनले बन्द गराएको थियो । नयाँपन दिने नाममा समाजमा विकृति फैलाउन खालका सामग्री राखेर चर्चा बटुलेको भन्दै भैरहवाको देवकोटा चोकमा रहेको जेल रेस्टुरेन्ट तथा बारलाई प्रशासनले बन्द गराएको हो ।
प्रशासनको अनुगमनको क्रममा रेस्टुरेन्टका कोठाहरू जेलका हिरासत जस्ता रहेका, हतकडी, बन्दुक र एयरगन जस्ता देखिने वस्तु र आत्महत्या गर्न प्रोत्साहन गर्ने फाँसी लगाउन प्रयोग गरिने पासो राखिएकाले प्रशासनले ती सामान जफत गरी रेस्टुरेन्ट बन्द गराएको बताएको छ । रेस्टुरेन्टमामा आउने ग्राहकलाई गलत बाटोमा हिँड्न प्रेरित गर्ने खालको क्रियाकलाप गरेको पाइएकोले रेस्टुरेन्ट बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले रातोपाटीलाई बताए । रेस्टुरेन्ट सञ्चालकलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आदेश दिएको र यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुन अनुसार कार्यवाही गर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण