बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जब निता अम्बानीले कान्छो छोरा अनन्तको तौल बढ्ने समस्याबारे खुलासा गरिन्

मङ्गलबार, १० माघ २०७९, ११ : ००
मङ्गलबार, १० माघ २०७९

मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले प्रेमिका राधिका मर्चेन्टसँग इन्गेजमेन्ट गरेका छन् । इन्गेजमेन्ट कार्यक्रममा थुप्रै चर्चित हस्ती समावेश थिए । इन्गेजमेन्टको फुटेजमा अनन्तलाई अत्यधिक तौलमा देखियो ।

ananta १०८ किलो घटाएका थिए तौल

सन् २०१६ मा अनन्तले आफ्नो तौल घटाएर सबैलाई चकित पारिदिएका थिए किनभने उनले १८ महिनामा १०८ किलो तौल कम गरेका थिए ।

सन् २०२० मा आएको थियो भिडियो

त्यसपछि सन् २०२० मा राधिका मर्चेन्टको जन्मदिनको भिडियो लिक भएको थियो जसमा अनन्तको पुनः तौल बढेको देखिएको थियो ।

ananta1बढी तौलमा देखिए

डिसेम्बर सन् २०२२ मा इसा अम्बानीका जुम्ल्याहा बच्चालाई स्वागत गर्ने बेला पनि अनन्त पुनः बढी तौलमा देखिएका थिए ।

निता अम्बानीले कुरा गरेकी थिइन्

सन् २०१७ मा एक अन्तरवार्तामा निता अम्बानीले अनन्तको रोगका कारण तौल बढेको जानकारी दिएकी थिइन् । उनले भनेकी थिइन्, ‘अनन्तलाई दमको रोग थियो त्यसैले उनलाई धेरै नै स्टेरोइड दिने गरिन्थ्यो । ’

ananta2२०८ किलो थियो तौल

स्टेरोयडका कारण उनको तौल पुनः बढ्यो । रिपोर्टलाई विश्वास गर्ने हो भने अनन्तको तौल पहिला २०८ किलो थियो ।

मोटोपनासँग लडिरहेका छन् धेरै बच्चा

निता अम्बानीले थपेकी थिइन्, ‘हामी अहिले पनि मोटोपनासँग लडिरहेका छौँ । यस्ता धेरै बच्चा छन् जो मोटोपनाको समस्यासँग जुधिरहेका छन् । मलाई लाग्छ कि आमाहरूले आफ्नो बच्चालाई तौल घटाउनका लागि प्रोत्साहित गर्नुपर्छ ।’

लस एन्जलस गएकी थिइन् आमा

निता अम्बानीले भनेकी थिइन्, ‘म र अनन्त लस एन्जलसमा बच्चाको मोटोपना कम गर्ने अस्पताल पनि गएका थियौँ ताकि म ऊमाथि लगातार ध्यान दिन सकूँ ।’

ananta3गर्दथे यस्ता व्यायाम

निता अम्बानीले भनेकी थिइन्, ‘अनन्त सधैँ पाँच–६ घण्टा व्यायाम गर्ने गर्दथे जसमा २१ किलोमिटर वक, वेट ट्रेनिङ, योग, फङ्सनल ट्रेनिङ र हाई इन्टेन्सिटी व्यायाम समावेश थिए ।’

‘अनन्त जिरो सुगर, हाई प्रोटिन र लो फ्याट भएको लो–कार्ब डाइट लिने गर्दथे । उनी हरेक दिन १२ सय–१४ सय क्यालोरी लिने गर्दथे,’ निताले थपेकी थिइन् ।

‘अनन्तको डाइटमा ताजा हरियो सागसब्जी, दाल, अङ्कुरित गेडागुडी र डेरी उत्पादन जस्तै पनिर–दूध समावेश थिए । तौल घटाउने आफ्नो यात्रामा अनन्तले जङ्क फुड खान छोडेका थिए,’ उनले भनेकी थिइन् ।

सन् २००३ को अनुसन्धान अनुसार किशोरावस्थामा डाइटिङ गर्दा भविष्यमा मोटोपना र इटिङ डिसअर्डरको खतरा बढ्ने गर्छ ।

इट दिस नट द्‌याट अनुसार यदि कसैले तौल घटाएपछि पुनः पहिला जत्तिकै खाना खान थाल्छ भने उनीहरूको तौल पुनः बढ्ने गर्छ ।

यदि कोही अत्यधिक तनावमा हुन्छन् भने पनि कार्टिसोल हर्मोन बढ्ने गर्छ जसका कारण तौल बढ्ने खतरा पनि बढ्छ । धेरै मानिसले तौल घटेपछि शारीरिक क्रियाकलाप कम वा बन्द गर्ने गर्छन् जसका कारण तौल बढ्न सक्छ ।

कसैलाई पनि केही रोग लागेपछि धेरै थरीको औषधी लिनुपर्ने हुन्छ जसका कारण तौल बढ्न सक्छ । साइन्स एन्ड फिटनेस विज्ञका अनुसार तौल घटेपछि पनि शारीरिक क्रियाकलाप र स्वस्थ खानपान छोड्नु हुँदैन । तौल स्वस्थ राख्नका लागि दैनिक व्यायाम गर्नुहोस्, स्वस्थ खानेकुरा खानुहोस्, पौष्टिक तत्त्वमा ध्यान दिनुहोस्, तनाव नलिनुहोस्, पर्याप्त निदाउनुहोस् र सर्टिफाइड फिटनेस कोचको सल्लाह लिनुहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप