झापामा एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिए प्रेमी–प्रेमिका
मङ्गलबार, १० माघ २०७९, ११ : ३५
झापा । झापाको कचनकवल गाउँपालिका–४ केचनामा प्रेमी–प्रेमिका एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । २५ वर्षीया राजेश कुमार गणेश र करिब १९ वर्षकी पवित्रा राजवंशी मृत अवस्थामा भेटिएको झापाका एसपी दुर्गा रेग्मीले रातोपाटीलाई बताए ।
एभरेष्ट चिया बगान स्थित शिरीषको रुखको एउटै हाँगामा उनीहरू झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनीहरू प्रेमी प्रेमिका रहेको प्रहरीको भनाई छ । प्रारम्भिक अनुसन्धानमा घटना शङ्कास्पद नदेखिएको एसपी रेग्मीले बताए । उनले भने–‘विभिन्न कोणबाट विस्तृत अनुसन्धान गर्दै छौँ ।’ माछा मार्ने जालको पासोमा उनीहरू झुण्डिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
-
जनकपुरमा सहकारी कर्मचारीले बोकेका ८० लाख लुटियो
-
टी–२० विश्वकपमा आतङ्कवादी हमलाको खतरा
-
मानसिक स्वास्थ्य अन्तर्राष्ट्रिय सम्मेलनको जुम्ला घोषणापत्र जारी
-
प्रभासलाई फिल्मको सुटिङमा भ्याई नभ्याई
-
कुहिएको चामल, काठको धुलो र एसिडबाट मसला बनाइरहेको ठाउँमा प्रहरीको छापा