शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

इस्टोनियाद्वारा रुसी राजदूत  निष्कासित

मङ्गलबार, १० माघ २०७९, ११ : ५५
मङ्गलबार, १० माघ २०७९

इस्टोनियाले रुसी राजदूतलाई निष्कासन गरेको छ । रुसले इस्टोनियाली राजदूतलाई निष्कासन गरेको बदलामा इस्टोनियाले त्यसो गरेको हो । 

रुसी पक्षको निर्णयको प्रतिक्रियास्वरूप एस्टोनियाले पनि रुसी राजदूतलाई देश छाड्न आग्रह गरेको इस्टोनियाका विदेशमन्त्री उर्मास रेइन्सालुले बताए । रुसले इस्टोनियाली राजदूतलाई निष्कासन गर्दै इस्टोनियाको कूटनीतिक प्रतिनिधित्वलाई राजदूतभन्दा तल्लो तहमा झारेको घोषणा सोमबार गरेको थियो । विदेशमन्त्री रेइन्सालुले समानताको सिद्धान्तमा इस्टोनियाका लागि रुसका राजदूतले यही माघ २४ गते स्वदेश फर्कने जानकारी दिए । 

साथै इस्टोनियाले रुसलाई तालिनमा रहेको आफ्नो दूतावासमा कूटनीतिक कर्मचारीको सङ्ख्या यही माघ १ गतेदेखि आठमा सिमित गर्न आदेश दिएको छ । मस्कोमा पनि अठ जनामात्र इस्टोनियाली कूटनीतिज्ञ रहने तालिनले स्पष्ट गरेको छ । 

यसैबीच, छिमेकी इस्टोनियासँग ऐक्यबद्धता जनाउँदै लात्भियाले पनि रुसबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । लात्भियाका विदेशमन्त्री एडगरस रिन्केभिक्सले आफ्नो देशले र रुससँगको कूटनीतिक सम्बन्धलाई यही माघ २४ गतेदेखि लागू हुनेगरी राजदूतभन्दा एकतह मुनिको कूटनीतिक कर्मचारीको स्तरमा झारेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप