अवतार निर्देशक क्यामरुनको अनौठो ह्याट्रिक
लसएन्जल्स । हलिउड निर्देशक जेम्स क्यामरुन र उनको फिल्म ‘अवतार २’का लागि एउटा सुखद संयोग परेको छ ।
निर्देशक क्यामरुन र उनको फिल्मले बेग्लाबेग्लै इतिहास रचेका छन् । निर्देशक क्यामरुनले आफू यसै हलिउडको महान निर्देशन बनेको होइन भन्ने कुराको प्रमाणित गरिदिएका छन् ।
१३ वर्षको कडा मिहेनत र आफ्नो दूरदर्शीताका साथ ‘अवतार द वे अफ वाटर’लाई पर्दामा प्रस्तुत गर्ने क्यामरुनले विश्वको बक्सअफिसमा दुई बिलियन डलरको कमाई गर्ने फिल्म बनाएर ह्याट्रिक गरेका छन् ।
उनले आफ्नो योग्यताको बलमा विश्वको बक्सअफिसमा दुई बिलियन लडर बढी कमाई गर्ने फिल्मका निर्देशकको अनौठो ह्याट्रिक बनाएका छन् । उनको सन् १९९७ मा रिलिज ब्लकबस्टर फिल्म ‘टाइटानिक’, सन् २००९ मा रिलिज ‘अवतार’ र गत वर्ष रिलिज ‘अवतार २’ तीनै फिल्मले विश्वव्यापी बक्सअफिसमा बम्पर कमाई गर्दै दुई बिलियन डलरको आँकडा पार गरेका छन् । कुनै पनि निर्देशकका लागि यो उपलब्धि आफैंमा ठुलो हो ।
गत १६ डिसेम्बरमा रिलिज ‘अवतारः द वे अफ वाटर’ अहिलेसम्मको सर्वाधिक कमाउने फिल्मको छैटौं स्थानमा छ । ‘अवतार’को पहिलो संस्करण जस्तै दोस्रो संस्करण पनि दुई अर्ब डलर क्लबमा समावेश भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण