बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लामा हिमपात, कार्यालय बन्द

मङ्गलबार, १० माघ २०७९, १३ : २४
मङ्गलबार, १० माघ २०७९

हुम्ला । हुम्लामा मंगलबार बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने हुम्लामा यो वर्ष ढिलो गरी हिउँ परेको हो ।

हुम्ला सदरमुकाम सहित जिल्लाभर हिमपात भइरहेको छ ।जिल्लाको माथिल्लो क्षेत्र नाम्खा र सिमकोट गाउँपालिकाका अधिका‌स ठाउँहरुमा दुइ फिट भन्दा धेरै हिउँ जमेको छ भने तल्लो क्षेत्रका अधिका‌स स्थानमा करिब आधा फिट हिउँ जमेको छ । हिउँपरेपछि विशेष गरी किसानहरु खुुसी भएका छन् । हिउँदे सिजनमा तापक्रम माइनसमा जाने भएकाले हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ ।

हिमपात भएसँगै हुम्लामा जाडो बढेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय हुम्लाका अनुसार यहाँको तापक्रम माइनस २ डिग्री रहेको छ । बिहानैदेखि आएको निरन्तरको हिमपातले पशुचाैपायाहरु गाेठभत्रै घाँस हालेर राखिएका छन् भने सोलारबाट सञ्चालित सम्पूर्ण सेवाहरू अवरुद्ध भएका छन् । हुम्लामा रहेका सामुदायिक रेडियोहरू बन्द रहेका छन् भने सरकारी तथा गैरसरकारी कार्यालयहरू पनि अत्यधिक चिसोका कारण प्राय बन्द देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप