समाचार
संसद् भवन अगाडि एक युवकद्वारा आत्मदाहको प्रयास
मङ्गलबार, १० माघ २०७९, १५ : २४
काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि एक युवकले आत्मदाहका प्रयास गरेका छन् ।
मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
आत्मदाह प्रयास गर्ने युवक इलाम घर भएका प्रेम प्रसाद आचार्य भएको प्रहरीले जनाएको छ।
उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ । ३६ वर्षीय उनले आत्मदाह प्रयास गर्नुको कारण खुल्न नसकेको भन्दै प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान
-
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?
-
गाजामा बलजफ्ती कब्जा गर्ने नेतन्याहूको योजना, हमासविरुद्ध सैन्य आक्रमणको प्रस्तावमा सुरक्षा परिषदको अनुमति