मानव बेचबिखन र बाल यौन दुरुपयोगमा मनोज पाण्डे दोषी ठहर
काठमाडौं । बाल यौन दुरुपयोग र मानव बेचबिखनको मुद्दामा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे दोषी ठहर भएका छन् । मंगलबार काठमाडौैं जिल्ला अदालतले पाण्डेलाई दोषी ठहर गरेको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार मंगलबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई दोषी ठहर गरेको हो ।
प्रहरीले पाण्डेविरुद्ध बाल यौन दुरुपयोग र मानव बेचबिखनको छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । जसमध्ये बाल यौन दुरुपयोगमा पाण्डेलाई ६ महिनाको कैद, पाँच हजार रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।
त्यसैगरी मानव बेचबिखनको मुद्दामा समेत पाण्डे दोषी ठहर भएका छन् । दोषी ठहर भएपनि सजाय निर्धारणका लागि भने माघ २३ गतेको पेशी तोकिएको छ ।
मुलुकी फौजदारी कार्यविधि संहित अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्ने व्यवस्था छ । सोही अनुसार पाण्डेलाई मानव बेचबिखनको मुद्दामा सजाय निर्धारकका लागि माघ २३ को पेशी तोकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण