अष्ट्रेलियामा मदिराको किनबेचमा कडाइ
क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले मध्य अष्ट्रेलियामा हुने आपराधिक गतिविधिलाई रोक्न मङ्गलबार नयाँ प्रतिबन्धहरूको घोषणा गरेका छन् ।
मङ्गलबार साँझ अष्ट्रेलियाको आउटब्याकको सबैभन्दा ठूलो शहर एलिस स्प्रिङ्समा प्रधानमन्त्री अल्बानीजले समुदायका नेताहरूसँग भेटघाट गरी यस क्षेत्रमा मदिरा सेवनबाट हुने गरेको आपराधिक गतिविधिका विषयमा छलफल गरेका हुन् ।
जारी सङ्कटमा सङ्घीय सरकारलाई हस्तक्षेप गर्न प्रतिपक्षी दलको चर्को दबाबपछि प्रधानमन्त्रीको सो भ्रमण भएको हो ।
उत्तरी क्षेत्र एनटी प्रहरीको तथ्याङ्क अनुसार एलिस स्प्रिङ्समा गत वर्षको तुलनामा हिंसात्मक आक्रमण ४३ प्रतिशतले बढेको छ।
आदिवासी समुदाय र कानून प्रवर्तन एनटी सरकारका प्रतिनिधिहरूसँग भेट गरेपछि प्रधानमन्त्री अल्बानीजले एक व्यक्तिलाई दिनमा एकपटक सीमित मात्रामा मदिरा खरिद गर्न अनुमति दिइने बताए ।
सोमबार र मङ्गलबार 'टेकवे अल्कोहल-मुक्त दिनहरू' हुनेछन् र टेकअवे रक्सी बिक्री दिउँसो ३ देखि ७ बजेसम्मको अवधिमा मात्र हुनेछ ।
मदिराजन्य हिंसा एलिस स्प्रिङ्ग्सका जटिल समस्याहरू हुन् र तिनीहरूलाई पूर्ण समाधान चाहिएको र त्यसका लागि विभिन्न तहका सरकारहरू मिलेर काम गर्न आवश्यक रहेको अल्बानीजले पत्रकारहरूलाई बताए । (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण