अष्ट्रेलियामा मदिराको किनबेचमा कडाइ

क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले मध्य अष्ट्रेलियामा हुने आपराधिक गतिविधिलाई रोक्न मङ्गलबार नयाँ प्रतिबन्धहरूको घोषणा गरेका छन् ।
मङ्गलबार साँझ अष्ट्रेलियाको आउटब्याकको सबैभन्दा ठूलो शहर एलिस स्प्रिङ्समा प्रधानमन्त्री अल्बानीजले समुदायका नेताहरूसँग भेटघाट गरी यस क्षेत्रमा मदिरा सेवनबाट हुने गरेको आपराधिक गतिविधिका विषयमा छलफल गरेका हुन् ।
जारी सङ्कटमा सङ्घीय सरकारलाई हस्तक्षेप गर्न प्रतिपक्षी दलको चर्को दबाबपछि प्रधानमन्त्रीको सो भ्रमण भएको हो ।
उत्तरी क्षेत्र एनटी प्रहरीको तथ्याङ्क अनुसार एलिस स्प्रिङ्समा गत वर्षको तुलनामा हिंसात्मक आक्रमण ४३ प्रतिशतले बढेको छ।
आदिवासी समुदाय र कानून प्रवर्तन एनटी सरकारका प्रतिनिधिहरूसँग भेट गरेपछि प्रधानमन्त्री अल्बानीजले एक व्यक्तिलाई दिनमा एकपटक सीमित मात्रामा मदिरा खरिद गर्न अनुमति दिइने बताए ।
सोमबार र मङ्गलबार 'टेकवे अल्कोहल-मुक्त दिनहरू' हुनेछन् र टेकअवे रक्सी बिक्री दिउँसो ३ देखि ७ बजेसम्मको अवधिमा मात्र हुनेछ ।
मदिराजन्य हिंसा एलिस स्प्रिङ्ग्सका जटिल समस्याहरू हुन् र तिनीहरूलाई पूर्ण समाधान चाहिएको र त्यसका लागि विभिन्न तहका सरकारहरू मिलेर काम गर्न आवश्यक रहेको अल्बानीजले पत्रकारहरूलाई बताए । (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशसँग नेपाल पराजित
-
नयाँ ग्यालेक्सी एस २३ सिरिज फोनका साथ तपाईंको प्यासनलाई अघि बढाउनुहोस् : अब नेपालमा पनि खुल्यो प्रि–अर्डर
-
अब बजेट रकमान्तर रोक्छौं : अर्थमन्त्री पौडेल
-
बजेट रकमान्तर गर्न गण्डकी सरकारद्वारा ऐन संशोधन प्रस्ताव टेबल
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष १० समाचार
-
छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि हुने