सुस्ता बचाउ अभियानका संयोजक गुरुङको निधन
मङ्गलबार, १० माघ २०७९, २१ : ५२
बुटवल । सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको उपचारको क्रममा निधन भएको छ ।
भारतीय अतिक्रमणको चपेटामा परेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका गुरुङको मस्तिष्क घातका कारण ६२ वर्षमा निधन भएको छ ।
बिरामी भएपछि रुपन्देहीको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।