शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितलाई राहत उपलब्ध गराउन मुख्यमन्त्रीको निर्देशन

मङ्गलबार, १० माघ २०७९, २२ : ०७
मङ्गलबार, १० माघ २०७९

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बाजुराको स्वामीकार्तिक गाउँपालिकको मेला केन्द्र बिन्दु भई मंगलबार  दिउँसो २ बजेर ४३ मिनेटमा गएको पाँच दशमलव नौ रेक्टरको भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।

उनले प्रदेश मुख्यसचिव, सामाजिक विकास मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीसित सम्पर्क गर्दै उक्त निर्देशन दिएका हुन् । 

मुख्यमन्त्री रावलले तत्काल क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएका छन् । क्षतिको विवरण आउने बित्तिकै थप राहतका कार्यक्रम घोषणा गरिने उनको सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप