किन रोकियो शेखर-गगन समूहको भेला ?
काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला राष्ट्रपति निर्वाचन नहुँदासम्मका लागि स्थगित भएको छ । संस्थापन इतर पक्षको साझा धारणा बनाउन आइतबार नेताहरूको भेला गरिएको थियो ।
अर्को भेला मंगलवार बिहानका लागि तय गरिएको थियो । भेलाको पहिलो दिन शेखर कोइरालासहितका केही नेताले राखेको भनाइ बंग्याएर सञ्चारमाध्यममा आएको भन्दै तत्कालका लागि भेला स्थगित गर्ने निष्कर्षमा संस्थापन इतर पक्ष पुगेको हो । संस्थापन इतर पक्षले मंगलबारका लागि डाकिएको भेला स्थगित गर्दै अब राष्ट्रपति निर्वाचनपछि मात्र यसलाई निरन्तरता दिने भएको छ ।
'पहिलो दिनको भेलामा नेता शेखर कोइरालाले पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर गल्ती भयो भन्नुभएको थिएन । तर सञ्चारमाध्यममा भने दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर पार्टीले गल्ती गन्यो भन्नुभयो भन्ने कुरा आयो,' कोइरालानिकट एक नेताले भने, 'भित्र एउटा कुरा भएको थियो तर बाहिर अर्कै आयो । यसले राम्रो सन्देश नगएकाले राष्ट्रपति चुनावपछि मात्र बस्नेगरी भेला स्थगित गरिएको छ ।' यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण