बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

कर्णालीमा माओवादीले टुंग्यायो मन्त्री, जिसी र शर्मा मन्त्री बन्दै

बुधबार, ११ माघ २०७९, १५ : ४३
बुधबार, ११ माघ २०७९

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले मन्त्रीको टुंगो लगाएको छ । कर्णाली माओवादीले सुर्खेतका कृष्ण जिसी 'जितेन्द्र' र सल्यानका भीम प्रकाश शर्मालाई मन्त्री बनाउने निर्णय गरेको हो ।   

यसअघि माओवादीबाट मुगुका मंगलबहादुर शाही मन्त्री बनिसकेका छन् । माओवादी स्रोतका अनुसार जिसी कानुन मन्त्रालय, शाही भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा विकास र शर्मा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । 

यस्तै नेकपा एमालेले पनि मन्त्रीको टुंगो लगाउने अन्तिम तयारी गरेको छ । नवनियुक्त मन्त्रीहरूको आजै शपथ ग्रहण गर्नेगरी तयारी थालिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप