प्रदेश सरकार
कर्णालीमा माओवादीले टुंग्यायो मन्त्री, जिसी र शर्मा मन्त्री बन्दै
बुधबार, ११ माघ २०७९, १५ : ४३
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले मन्त्रीको टुंगो लगाएको छ । कर्णाली माओवादीले सुर्खेतका कृष्ण जिसी 'जितेन्द्र' र सल्यानका भीम प्रकाश शर्मालाई मन्त्री बनाउने निर्णय गरेको हो ।
यसअघि माओवादीबाट मुगुका मंगलबहादुर शाही मन्त्री बनिसकेका छन् । माओवादी स्रोतका अनुसार जिसी कानुन मन्त्रालय, शाही भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा विकास र शर्मा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
यस्तै नेकपा एमालेले पनि मन्त्रीको टुंगो लगाउने अन्तिम तयारी गरेको छ । नवनियुक्त मन्त्रीहरूको आजै शपथ ग्रहण गर्नेगरी तयारी थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण