बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विश्व

अरब विद्रोहको सुरुवात गर्ने ट्युनिसियाका युवा व्यवसायीको त्यो आत्मदाह

बुधबार, ११ माघ २०७९, १७ : १७
बुधबार, ११ माघ २०७९

सन् २०१०, डिसेम्बर १७ । सडकमा ठेलामा तरकारी बेच्ने ट्युनिसियाका एक युवाले प्रहरी ज्यादतीको विरोध गर्दै आत्मदाह गरे । सन् २०११, जनवरी ४ मा आत्मदाह गर्ने २६ वर्षीय मोहमद बोआजीजीको निधन भयो । 

उनको निधनपछि महँगी र राष्ट्रपति जिने एल अबिदिन बेल अलीविरुद्ध देशव्यापी प्रदर्शन सुरु भयो । १० दिनपछि बेन अली देश छाडेर साउदी अरब भाग्न बाध्य भए । उनको २३ वर्ष लामो शासनको अन्त्य भयो । आन्दोलनको बलमा सत्ताच्यूत हुने उनी पहिलो अरब शासक बने ।

ट्युनिसियाको प्रदर्शनको सफलतापछि अन्य अरब राष्ट्रहरूमा आन्दोलन आगो जसरी फैलियो । एकपछि अर्को देशमा जनता अधिनायकवाद, भ्रष्टाचार र गरिबीविरुद्ध सडकमा उर्लन थाले ।

AP_20349537233466

इजिप्ट

सन् २०११, जनवरी २५ मा इजिप्टिका हजारौँ जनता राजधानी कायरो, अलेक्जाड्रियालगायत सहरमा सडकमा उत्रिए । ३० वर्षदेखि सत्तासीन राष्ट्रपति होस्नी मुबारकले सत्ता छाड्नुपर्ने उनीहरूको माग थियो । 

फेब्रुअरी ११ मा लाखौँ जनता सडकमा उत्रिएपछि मुबारकले राजीनामा दिँदै सत्ता सेनालाई सुम्पिए । सन् २०१२ मा मुस्लिम बदरहुड निकट मोहमद मोर्सी नेतृत्वको सरकार निर्वाचित भयो । तर एक वर्षपछि नै उनलाई सैनिक जनरल अब्देल फताह एल–सीसीले हटाउँदै शासन सत्ता आफ्नो हातमा लिए ।

201211242295935734_20

बहराइन

सोही वर्षको फेब्रुअरी १५ मा तहरिर स्क्वेयरमा प्रदर्शनकारीहरु भेला भएर देशमा संवैधानिक राजतन्त्र लगायतका सुधारहरु माग गरे । तर, उनीहरुलाई तीन दिनपछि नै सुरक्षाकर्मीहरुले बलजफ्ती त्यहाँबाट हटाए । सो क्रममा तीन जनाको मृत्यु भयो भने कयौँ घाइते भए ।

AP_110222125129

लिबिया

बहराइनमा प्रदर्शन सुरु भएकै दिन लिबियाको बेनझागी सहरमा सरकारविरुद्धको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गरेको थियो । देशका नेता मुहामर गद्दाफीले आफूविरुद्ध प्रदर्शन गर्ने ‘मुसा’ हरूलाई खोजेर सिध्याउने प्रतिबद्धता नै व्यक्त गरे ।

तर बिस्तारै सरकारविरुद्धको प्रदर्शन गृहयुद्धमा बदलियो जसमा फ्रेन्च, बेलायती र अमेरिकी सैनिकहरूले हस्तक्षेप गरे । सन् २०११, अक्टोबर २० मा लुकिरहेका गद्दाफीलाई विद्रोहीहरूले पक्रेर हत्या गरेका थिए । देशमा अहिले पनि अशान्ति कायम छ ।

2011122422350400734_20

सिरिया

मार्च ६ मा केही युवाहरूले आफ्नो विद्यालयको भित्तामा आँखाको डाक्टरसमेत रहेका राष्ट्रपति बसर अल–असदलाई लक्षित गर्दै ‘डाक्टर, अब तिम्रो पालो !’ भनेर लेखे । ती युवाहरूलाई सुरक्षाकर्मीले पक्राउ गरेर यातना दिएपछि प्रजातान्त्रिक सुधारको माग गर्दै शान्तिपूर्ण प्रदर्शन सुरु भयो ।

तर, सरकारले हिंसात्मक दमन गरेपछि प्रदर्शन गृहयुद्धमा परिणत भयो । सिरियाको युद्धबाट नै आईसीस समूहको उदय भयो र छिमेकी इराकमा समेत त्यसको असर देखियो ।

ट्युनिसियामा पहिलो निर्वाचन

सन् २०११, अक्टोबर २३ मा ट्युनिसियामा पहिलोपटक स्वतन्त्र निर्वाचन भयो । एनाहदा अभियानका सदस्यहरुले सो निर्वाचन जितेका थिए ।

AP_20349622375935

यमनमा सालेह बाहिरिए

एक वर्ष लामो प्रदर्शनपछि सन् २०१२, फेब्रुअरी २७ मा यमनमा ३३ वर्ष शासन गरेका अली अब्दुल्लाह शालेहले शासन सत्ता आफ्ना डेप्युटी अब्द्राबुह मन्सुर हादीलाई सुम्पिए । अरब क्षेत्रको सबैभन्दा गरिब राष्ट्रमा पनि शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शनपछि हिंसात्मक बनेको थियो ।

मस्कोले बचायो अल–असादलाई

सिरियाका राष्ट्रपति अल–असादलाई इरानसँगै रुसको समर्थन रहेको थियो । सन् २०१५ सेप्टेम्बर ३० मा रुसले सिरियाका विद्रोहीविरुद्ध हवाई कारबाही सुरु गर्‍यो जसले युद्धको दिशा नै बदलियो ।

AP_20349622888911

१० वर्षको युद्ध र ३ लाख ८० हजार जनाको मृत्युपछि अल–असादले जीत हासिल गर्न सफल भए ।

स्रोत : अलजजिरा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप