किर्ते हस्ताक्षर गरेर भ्रष्ट्राचार गरेको आरोपमा पञ्चपुरीका लेखापालविरुद्ध मुद्दा दायर
सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढासहित अन्य दुई जना कर्मचारीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोले उनीहरुविरुद्ध भ्रष्टाचारको कसुर गरेको ठहर गर्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यस्तै एक जना होटल सञ्चालकविरुद्ध पनि मुद्दा दायर भएको छ । २००७८ माघ महिनादेखि २०७९ जेठ मसान्तसम्म विभिन्न खर्च शीर्षकबाट खर्च लेखि विभिन्न होटलका फर्जी बिल तयार गरी रकम हिनामिना गरिएको भन्दै उजुरी परेको थियो ।
लेखा अधिकृत बुढाले होटल सञ्चालकसँग खाली बिल लिई प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर समेत किर्ते गरी दुई लाख ६२ हजार ५०२ रुपैयाँ भुक्तानी दिएको अख्तियारले जनाएको छ ।
अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले ‘न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटल'का सञ्चालक भविलाल राम्जाली, नगरपालिकाका अधिकृत छैठौं लाल बहादुर सुवेदी, शिक्षा शाखा अधिकृत तुलसी केसीले लेखा अधिकृतलाई किर्ते बिल बनाउन सहयोग गरेको बताएका छन् ।
भण्डारीका अनुसार उनीहरुविरुद्ध दुई लाख ६२ हजार ५०२ रुपैयाँ विगोदावीसहित जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
-
सुरुवाती दबाब चिर्दै इंग्ल्याण्डको कमब्याक जित, कंगो विश्वकपबाट बाहिरियो
-
८६ औँ मिनेटमा ह्यारी केनको दोस्रो गोल, इंग्ल्याण्डलाई २–१ को अग्रता
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण