बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही गर्छौँ : आयल निगम
काठमाडौं । नेपाल आयल निगमले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेचेको पाएमा कारबाही हुने चेतावनी दिएको छ । बुधबार विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल पम्पहरूलाई बोतल र जर्किनमा खुल्ला रूपमा पेट्रोलियम पदार्थ बेचेको पाएमा कारबाही हुने चेतावनी दिएको हो ।
असुरक्षित बिक्री र ओसार पसार गर्दा आगलागी, भौतिक तथा मानवीय क्षति हुने भएकाले खुल्ला रूपमा बोतल, जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न आग्रह गरेको हो । मंगलबार प्रधानमन्त्री प्रचण्ड संसद् भवनबाट बाहिरिँदै गर्दा इलामका प्रेम प्रसाद आचार्यले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए ।
३६ वर्षीय आचार्यले संसद् भवन अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेपछि निगमले सूचना जारी गरेको हो । यसअघि प्रहरीले पनि सूचना जारी गर्दै खुल्लमखुल्लापेट्रोलियमपदार्थ बिक्रीवितरण नगर्न भनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण