प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय
काठमाडौं । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसबारे छानबिन गर्ने निर्णय गरेको हो ।
त्यसको जिम्मा गृह मन्त्रालयलाई दिइएको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले छानबिन गरेपछि तथ कदमहरू अगाडि बढाउने बताए ।
‘उहाँले उठान गरेको विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने र सत्य तथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ । प्रहरीमार्फत सत्यतथ्य छानबिन गर्छौ । त्यही आधारमा आगामी कदमहरू अगाडि बढ्नेछन्,’ उनले भने ।
गृह मन्त्रालयले आजैदेखि छानबिनको काम अगाडि बढाउने बताए । आचार्यले हिजो मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारको क्रममा आज बिहान निधन भएको थियो । उनले आफ्नै शरीरमा आगो लगाउनुअघि सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाट लेखेका थिए । जसले उनले आफूले आत्मदाहको गर्नुको कारण र राज्यले चाल्नुपर्ने कदमका विषयमा लेखेका थिए । सोही आधारमा सरकारले छानबिन गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण