शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
स्वयम्भूमा सरस्वती पूजा र अक्षराम्भ गर्नेको घुइँचो (तस्बिरहरु)
फोटोफिचर

स्वयम्भूमा सरस्वती पूजा र अक्षराम्भ गर्नेको घुइँचो (तस्बिरहरु)

बिहीबार, १२ माघ २०७९

काठमाडौँ – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजाआराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्  ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरि साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । आजका दिन अक्षराम्भ गर्ने प्रचलन पनि रहेको छ । स्वयम्भूमा बिहानैदेखि सरस्वती पूजा र अक्षराम्भ गर्नेको घुइँचो लागेको छ । हेरौं तस्बिरहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया