पिटले हटाए किमको नामका ट्याटु
लसएञ्जल्स । हलिउड स्टार किम कार्दशियन प्रायः कुनै न कुनै कुराका कारण चर्चामा आइरहन्छिन् । आफ्नो बोल्ड तस्वीरका कारण इन्टरनेटमा छाइरहने किम प्रेमजीवनका कारण पनि चर्चामा आउँछिन् ।
कहिले पूर्व पति कान्ये वेस्टका साथ झगडाका कारण त कहिले कमेडियन र अभिनेता पीट डेविडसनसँग आफ्नो सम्बन्धलाई लिएर किमको प्रेमजीवन चर्चामा आइरहन्छन् । यद्यपि कान्येसँग अलग्गिएपछि किमको सम्बन्ध पीटसँग केवल नौ महिनामात्र चलेको थियो ।
तर पीट र किमको सम्बन्ध एकपटक पुनः चर्चामा आएको छ । चर्चामा आउने कारण हो कमेडियनको ट्याटु । पीटले अधुरो प्रेमको सबै निशानलाई हटाएका छन् ।
पीटले किमसँग सम्बन्धमा रहँदा आफ्नो शरीरमा उनको नामका ट्याटु बनाएका थिए । तर अहिले उनले किमसँग नाम जोडिएका सबै ट्याटु हटाएका छन् । किमसँग सम्बन्धमा रहँदा पीटले किम र उनका सन्तानको नामको ट्याटु बनाएका थिए । किमको बच्चाको पहिलो अक्षरलाई पीटले गर्धनमा ट्याटु बनाएका थिए । तर हालै सार्वजनिक पीटको तस्वीरमा त्यो ट्याटु देखिएको छैन । यो जोडी अलग्गिएको पाँच महिनामात्र भएको छ ।
पीटले शरीरमा किम र उनको सन्तानसँग जोडिएको ट्याटु हटाउनुको कारण पीटको चेस सुई वन्डर्ससँगको सम्बन्धलाई कारक मानिएको छ । हालका दिनमा पीट र चेसको सम्बन्धको चर्चा हलिउडमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण