१ वर्षभित्र पाइपलाइनबाट पेट्रोल ल्याउने गरी अम्लेखगञ्ज डिपोमा काम सुरु
बारा । एक वर्षभित्र पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी नेपाल आयल निगम अम्लेखगञ्ज डिपोले मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको काम सुरु भएको छ । यही वर्षको डिसेम्बरभित्र निर्माण सम्पन्न गरेर सन् २०२४ को जनवरीदेखि पाइपलाइनबाट पेट्रोल ल्याउने गरी परियोजनाको काम अगाडी बढाइएको निगमका प्रादेशिक डिपो प्रमुख प्रदीप यादवले जनाएका छन् ।
पाइपलाइनको दोस्रो चरणको परियोजना अन्तर्गत ४१ लाख लिटरको क्षमता भएको २ वटा पेट्रोल ट्याङ्की , २ लाख ५० हजार लिटर क्षमताको २ वटा ट्रान्समिक्स ट्याङ्की, २४ वटा पम्प हाउस,अत्याधुनिक प्रयोगशाला, फायरफाइट सिस्टमको स्तरोन्नति र पिएमसिसी रुम तयार हुनेछ । सो परियोजना निर्माणका लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त रूपमा लगानी गर्ने समझदारी भएको छ । अम्लेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको पहिलो चरणको काम सम्पन्न भएर २०७६ भदौदेखि पाइपलाइनबाट डिजेल मात्रै आयात हुँदै आएको थियो ।
_clEHg0PWtD.jpg)
तर अगामी यसै वर्षभित्र परियोजनाको दोस्रो चरणको काम सम्पन्न भए अगामी वर्षको जनवरीदेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल पनि आयात हुने निगम अम्लेखगञ्ज डिपोले जनाएको छ । पाइपलाइनबाट पेट्रोल समेत ल्याउँदा आयल निगमलाई थप मासिक १५ करोड अर्थात् मासिक १ अर्ब ८० करोड ढुवानी भाडा बापत र चुहावट खर्च बापत बचत हुने निगमका अम्लेखगञ्ज डिपो प्रमुख यादवले जनाएका छन् ।
_lD5JKN7APd.jpg)
दोस्रो चरण अन्तर्गतको साना र ठुला गरी थप ६ वटा ट्याङ्क निर्माण निर्माणको काम डिसेम्बर १५ बाट सुरु भइसकेको छ । भण्डारण केन्द्र निर्माणका लागि एक अर्ब २८ करोड भारतीय रकम खर्च गर्ने योजना रहेको यादवले बताए । भण्डारण केन्द्र निर्माणसँगै डिजेल र पेट्रोलको आयात बन्द हुँदा पनि झण्डै तीन महिनालाई खपत पुग्ने सक्ने निगमले जनाएको छ । निगमले बुधवार पत्रकार सम्मेलन मार्फत दोस्रो चरणको आयोजना निर्माणको काम द्रुत गतिमा अगाडी बढाएको जनाएको छ ।
_65GaBpEs1b.jpg)
‘यो आयोजना निर्माण सम्पन्न भएसँगै अम्लेखगञ्ज डिपोमा डिजलको भण्डारण क्षमता २४ लाख ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ, नेपाल सरकारको ९० दिनको इन्धन भण्डारण नीति रहेकोले थप ५/५ हजार किलो लिटर क्षमताको पेट्रोल र डिजेल ट्याङ्की निर्माणको काम अगाडी बढाइएको छ’ सञ्चारकर्मीहरूसँगको छलफलमा अम्लेखगञ्ज डिपो प्रमुख यादवले भने । ‘निगमले यसका लागि रेलिगेर कन्स्ट्रक्सन प्रा.लिसँग निर्माणको ठेक्का सम्झौता गरिसकेको छ ।’
_Rxaex0B3BQ.jpg)
_B1JFhR5ThB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण