बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

१ वर्षभित्र पाइपलाइनबाट पेट्रोल ल्याउने गरी अम्लेखगञ्ज डिपोमा काम सुरु

बिहीबार, १२ माघ २०७९, १२ : ०४
बिहीबार, १२ माघ २०७९

बारा । एक वर्षभित्र पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी नेपाल आयल निगम अम्लेखगञ्ज डिपोले मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको काम सुरु भएको छ । यही वर्षको डिसेम्बरभित्र निर्माण सम्पन्न गरेर सन् २०२४ को जनवरीदेखि पाइपलाइनबाट पेट्रोल ल्याउने गरी परियोजनाको काम अगाडी बढाइएको निगमका प्रादेशिक डिपो प्रमुख प्रदीप यादवले जनाएका छन् ।

पाइपलाइनको दोस्रो चरणको परियोजना अन्तर्गत ४१ लाख लिटरको क्षमता भएको २ वटा पेट्रोल ट्याङ्की , २ लाख ५० हजार लिटर क्षमताको २ वटा ट्रान्समिक्स ट्याङ्की, २४ वटा पम्प हाउस,अत्याधुनिक प्रयोगशाला, फायरफाइट सिस्टमको स्तरोन्नति र पिएमसिसी रुम तयार हुनेछ । सो परियोजना निर्माणका लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त रूपमा लगानी गर्ने समझदारी भएको छ । अम्लेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको पहिलो चरणको काम सम्पन्न भएर २०७६ भदौदेखि पाइपलाइनबाट डिजेल मात्रै आयात हुँदै आएको थियो ।

noc amlekhgunj (1)

तर अगामी  यसै वर्षभित्र परियोजनाको दोस्रो चरणको काम सम्पन्न भए अगामी वर्षको जनवरीदेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल पनि आयात हुने निगम अम्लेखगञ्ज डिपोले जनाएको छ । पाइपलाइनबाट पेट्रोल समेत ल्याउँदा आयल निगमलाई थप मासिक १५ करोड अर्थात् मासिक १ अर्ब ८० करोड ढुवानी भाडा बापत र चुहावट खर्च बापत बचत हुने निगमका अम्लेखगञ्ज डिपो प्रमुख यादवले जनाएका छन् ।

noc amlekhgunj (4)

दोस्रो चरण अन्तर्गतको  साना र ठुला गरी थप ६ वटा ट्याङ्क निर्माण  निर्माणको  काम डिसेम्बर १५ बाट सुरु भइसकेको छ । भण्डारण केन्द्र निर्माणका लागि एक अर्ब २८ करोड भारतीय रकम खर्च गर्ने योजना रहेको यादवले बताए । भण्डारण केन्द्र निर्माणसँगै डिजेल र पेट्रोलको आयात बन्द हुँदा पनि झण्डै तीन महिनालाई खपत पुग्ने सक्ने निगमले जनाएको छ । निगमले बुधवार पत्रकार सम्मेलन मार्फत दोस्रो चरणको आयोजना निर्माणको काम द्रुत गतिमा अगाडी बढाएको जनाएको छ ।

noc amlekhgunj (3)

‘यो आयोजना निर्माण सम्पन्न भएसँगै अम्लेखगञ्ज डिपोमा डिजलको भण्डारण क्षमता २४ लाख ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ, नेपाल सरकारको ९० दिनको इन्धन भण्डारण नीति रहेकोले थप ५/५ हजार किलो लिटर क्षमताको पेट्रोल र डिजेल  ट्याङ्की निर्माणको काम अगाडी बढाइएको छ’ सञ्चारकर्मीहरूसँगको छलफलमा अम्लेखगञ्ज डिपो प्रमुख यादवले भने । ‘निगमले यसका लागि रेलिगेर कन्स्ट्रक्सन प्रा.लिसँग निर्माणको ठेक्का सम्झौता गरिसकेको छ ।’

noc amlekhgunj (6)

noc amlekhgunj (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप