बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायली आक्रमणमा ४ जना प्यालेस्टाइनीको मृत्यु

बिहीबार, १२ माघ २०७९, १५ : ३९
बिहीबार, १२ माघ २०७९

जेनिन । पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार इजरायली आक्रमणमा एक वृद्ध महिलासहित चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।  प्यालेस्टिनी अधिकारीहरूले सेनाले अस्पतालभित्र अश्रु ग्यास प्रयोग गरेको आरोप प्यालेस्टिनी अधिकारीहरूले लगाएका छन् । 

मृत्यु हुनेहरुको सङ्ख्या बढेर “एउटी वृद्ध महिलासहित चार सहिद भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ  । यस आक्रमणमा परी अन्य धेरै घाइते भएका जनाइएको छ । 

सेनाले जेनिन सरकारी अस्पतालमा आक्रमण  गरेको र जानाजानी अस्पतालको बाल रोग विभागमा अश्रु ग्यास प्रहार गरेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्री माई अल–काइलाले बताएका छन् ।(रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप