शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाबर आजम वर्षको उत्कृष्ट पुरुष क्रिकेटर घोषित

बिहीबार, १२ माघ २०७९, २३ : ०७
बिहीबार, १२ माघ २०७९

पाकिस्तान । पाकिस्तानी कप्तान बाबर आजम सन् २०२२ को लागि आईसीसी मेन्स क्रिकेटर अफ द इयर चुनिएका छन् । आईसीसी क्रिकेटर अफ द इयर अवार्डका लागि कुनै पनि भारतीय क्रिकेटर मैदानमा थिएनन् । यसमा आजमका अलावा इङ्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्स, न्युजिल्यान्डका टेस्ट कप्तान टिम साउथी र जिम्बाब्वेका सिकन्दर रजाको नाम थियो ।

सन् २००४ मा सुरु भएको आईसीसीको सबैभन्दा प्रतिष्ठित क्रिकेटर अफ द इयर अवार्ड वेस्ट इन्डिजका लेजेन्ड सर गारफिल्ड सोबर्सको नाममा राखिएको छ। ग्यारीको नामले चर्चित क्रिकेट जगतका महान् अलराउन्डर सोबर्सले सन् १९५४ मा क्रिकेट खेल्न थालेका थिए । उनले वेस्ट इन्डिजका लागि ९३ टेस्टमा ८ हजार ३२ रन बनाएका छन् । यसमा उनले २६ शतक र ३० अर्धशतक बनाएका थिए । यस अवधिमा उनले २३५ विकेट समेत लिएका थिए ।

बाबर वर्षको उत्कृष्ट एकदिवसीय खेलाडी पनि बने । बाबरले लगातार दोस्रो पटक ओडीआई क्रिकेटर अफ द इयर अवार्ड पाएका हुन् । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बिहीबार सन् २०२२ को उत्कृष्ट खेलाडीको घोषणा गरेको हो । यसमा  इंग्ल्यान्डका कप्तान बेन स्टोक्स टेस्ट प्लेयर अफ दि इयर घोषित भएका छन् । उता भारतका विस्फोटक ब्याट्सम्यान सूर्यकुमार यादव आईसीसी पुरुष टी–२० वर्ष खेलाडी बनेका छन् । यो स्थान हासिल गर्ने उनी पहिलो भारतीय ब्याट्सम्यान हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप