बाबर आजम वर्षको उत्कृष्ट पुरुष क्रिकेटर घोषित
पाकिस्तान । पाकिस्तानी कप्तान बाबर आजम सन् २०२२ को लागि आईसीसी मेन्स क्रिकेटर अफ द इयर चुनिएका छन् । आईसीसी क्रिकेटर अफ द इयर अवार्डका लागि कुनै पनि भारतीय क्रिकेटर मैदानमा थिएनन् । यसमा आजमका अलावा इङ्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्स, न्युजिल्यान्डका टेस्ट कप्तान टिम साउथी र जिम्बाब्वेका सिकन्दर रजाको नाम थियो ।
सन् २००४ मा सुरु भएको आईसीसीको सबैभन्दा प्रतिष्ठित क्रिकेटर अफ द इयर अवार्ड वेस्ट इन्डिजका लेजेन्ड सर गारफिल्ड सोबर्सको नाममा राखिएको छ। ग्यारीको नामले चर्चित क्रिकेट जगतका महान् अलराउन्डर सोबर्सले सन् १९५४ मा क्रिकेट खेल्न थालेका थिए । उनले वेस्ट इन्डिजका लागि ९३ टेस्टमा ८ हजार ३२ रन बनाएका छन् । यसमा उनले २६ शतक र ३० अर्धशतक बनाएका थिए । यस अवधिमा उनले २३५ विकेट समेत लिएका थिए ।
बाबर वर्षको उत्कृष्ट एकदिवसीय खेलाडी पनि बने । बाबरले लगातार दोस्रो पटक ओडीआई क्रिकेटर अफ द इयर अवार्ड पाएका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बिहीबार सन् २०२२ को उत्कृष्ट खेलाडीको घोषणा गरेको हो । यसमा इंग्ल्यान्डका कप्तान बेन स्टोक्स टेस्ट प्लेयर अफ दि इयर घोषित भएका छन् । उता भारतका विस्फोटक ब्याट्सम्यान सूर्यकुमार यादव आईसीसी पुरुष टी–२० वर्ष खेलाडी बनेका छन् । यो स्थान हासिल गर्ने उनी पहिलो भारतीय ब्याट्सम्यान हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण