प्रदेश १ : प्रदेशसभाको बैठक माघ २३ गतेका लागि आव्हान
विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठक माघ २३ गतेको लागि बोलाइएको छ । गते पुस ३० गते अर्को सूचना नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै माघ २३ गते सोमबार दिनको १ बजेका लागि बैठक बोलाएको हो ।
प्रदेश १ को प्रदेशसभाले नयाँ सरकार दिनुको साथै सभामुख र उपसभामुखको निर्वाचन भइसकेको छ । सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र उपसभामुखमा उदयपुरकी सिर्जना दनुवार निर्वाचित भएकी छिन् ।
प्रदेशसभाले अझै विषयगत समितिको टुंगो लगाउनु पर्नेछ । प्रदेश १ प्रदेशसभाका लागि प्रदेशको नामाकरण गर्ने, प्रदेशसभाका स्थायी संरचना निर्माण गर्ने, बनेका ऐनहरूलाई कार्यान्वयन र परिमार्जन गर्न ध्यान दिनुपर्ने अवस्था छ ।
त्यस्तै प्रदेशसभाले विभिन्न ७ वटा विषयगत समिति निर्माण गर्नुपर्ने छ । अघिल्लो प्रदेशसभाले विषयगत समिति निर्माण गर्न करिब १ वर्ष लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण