शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ : प्रदेशसभाको बैठक माघ २३ गतेका लागि आव्हान

बिहीबार, १२ माघ २०७९, १६ : ३९
बिहीबार, १२ माघ २०७९

विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठक माघ २३ गतेको लागि बोलाइएको छ । गते पुस ३० गते अर्को सूचना नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै माघ २३ गते सोमबार दिनको १ बजेका लागि बैठक बोलाएको हो । 

प्रदेश १ को प्रदेशसभाले नयाँ सरकार दिनुको साथै सभामुख र उपसभामुखको निर्वाचन भइसकेको छ । सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र उपसभामुखमा उदयपुरकी सिर्जना दनुवार निर्वाचित भएकी छिन् । 

प्रदेशसभाले अझै विषयगत समितिको टुंगो लगाउनु पर्नेछ । प्रदेश १ प्रदेशसभाका लागि प्रदेशको नामाकरण गर्ने, प्रदेशसभाका स्थायी संरचना निर्माण गर्ने, बनेका ऐनहरूलाई कार्यान्वयन र परिमार्जन गर्न ध्यान दिनुपर्ने अवस्था छ । 

त्यस्तै प्रदेशसभाले विभिन्न ७ वटा विषयगत समिति निर्माण गर्नुपर्ने छ । अघिल्लो प्रदेशसभाले विषयगत समिति निर्माण गर्न करिब १ वर्ष लगाएको थियो ।

p 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप