जुम्लामा हवाई सेवा सुचारु
शुक्रबार, १३ माघ २०७९, ०८ : ५८

जुम्ला लगायत माथिल्लो कर्णालीमा मङ्गलबारदेखि परेको हिमपातका कारण बन्द भएको हवाई सेवा सुचारु भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ हटाएपछि नेपालगञ्जबाट तारा र समिटले जुम्लाका लागि उडान गरेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए ।
दुई दिन हिमपात हुँदा विमानस्थलको धावनमार्गमा हिउँ जमेपछि हवाई सेवा ठप्प भएको थियो । विमानस्थलभित्रको धावनमार्गमा जमेको हिउँ फालेपछि जुम्लाका लागि हवाई सेवा सञ्चालनमा आएको नेपाली सेना नन्दबक्स गण जुम्लाका गणपति रवीन थापाले बताए ।
हवाई सेवा बन्द हुँदा नेपालगञ्जबाट जुम्ला आउने यात्रु अलपत्रमा परेका थिए । कर्णाली राजमार्गको राचुलीमा पहिरो गएपछि सडक बन्द हुँदा जहाजबाट आउने जानेको चाप बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने प्रकरणको मुद्दा हेर्दाहेर्दैमा, ४ जना सरकारी वकिलहरूको बहस सकियो
-
नेदरल्यान्डसविरूद्ध नेपालले पायो २२६ रनको लक्ष्य
-
विपद् न्यूनीकरणको लागि सामुदायिक विपद् स्वयंसेवक तथा विपद् सूचक प्रभावकारी हुनुपर्नेमा जोड
-
आरसीबीको विजय उत्सवमा भागदौड, सात जनाको मृत्यु
-
युवाहरूका लागि उद्यमशीलता र रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री
-
नेपाल र नेदरल्यान्डसबिचको खेल वर्षाले अवरुद्ध