मझौला उद्यमीका समस्या सम्बोधन गर्न महासंघको माग
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले व्यवसायिक कठिनाइका कारण आत्मदाह गर्नु परेकोमा दुःख व्यक्त गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै व्यवसायी आचार्यको घटनाप्रति दुःख व्यक्त गरेको हो । महासंघले तरलता अभावका कारण सिर्जित समस्या, अस्थिर ब्याजदर, बजारमा उधारो नउठने समस्याले साना तथा मझौला व्यवसायी मर्कामा परेको जनाएको छ ।
यस्तै, बजार अभाव, प्रविधिको कमी, नीतिगत अस्पष्टता र सरकारी निकायको बेवास्ताका कारण लाखौं लघु, घरेलु, साना एवं मझौला उद्यमी आहत भएका छन् । यिनै व्यवसायिक समस्याका कारण व्यवसायीहरु देह त्याग गर्नुपर्ने अवस्थामा पुग्नु निक्कै दुःखदायी भएको महासंघले जनाएको छ । महासंघले ब्याजदर स्थायित्व, उधारो सम्बन्धि ऐन, दामासाही सम्बन्धि ऐन, व्यवसायिक उधारोको बीमा, प्रक्रियागत सहजीकरण, सहज वित्तिय पहुँच, बजार पहुँच विस्तार लगायतका बिषयको सम्बोधन गर्न सरकार, नेपाल राष्ट बैंक एवं अन्य सरोकारवाला समक्ष निरन्तर पैरवी गर्दै आइरहेको छ । सरकार र केन्द्रीय बैंकबाट यस्ता मागको सुनुवाई हुन नसक्दा दुःखद घटनाहरु बढदै गैरहेका छन् ।
यस परिप्रेक्ष्यमा लघु, घरेलु, साना एवं मझौला उद्यमीका समस्या तत्काल सम्बोधन गर्न महासंघ नेपाल सरकार, नेपाल राष्ट बैंक र अन्य सरोकारवालाहरुमा जोडदार माग गर्दछ । यिनै समस्याका कारण कुनै व्यवसायीले अकालमा ज्यान गुमाउनु नपरोस र व्यवसाय निर्वाध सञ्चालन गर्न सक्ने वातावरण बनाउन महासंघ सम्पूर्ण सबै सरोकारवालाहरुसँग माग पनि गरेको छ ।
महासंघ आफैंले पनि यसै सातामात्रै लघु, घरेलु, साना एवं मझौला उद्यम प्रवद्र्धनका लागि पहिलोपटक राष्ट्रिय सम्मेलन आयोजना गरि सबैको ध्यानाकर्षण गराएको थियो । साथै लघु, घरेलु साना एवं मझौला उद्यमीलाई सहयोग पुर्याउन महासंघमा सहायता केन्द्र स्थापना गरिएको छ । हामी निकट भविष्यमा नै वेबसाइटमार्फत गुनासो संकलन गरि सम्बन्धित निकायमा पुर्याउने तयारी पनि गरिरहेका छौ । व्यवसायिक विवाद समाधानका लागि महासंघमा मेलमिलाप केन्द्र पनि स्थापना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण